राष्ट्र बैंकले बुधबार ५० अर्ब बराबरको निक्षेप संकलन गर्दै  « Khabarhub

राष्ट्र बैंकले बुधबार ५० अर्ब बराबरको निक्षेप संकलन गर्दै 


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन  गर्ने भएको छ ।

बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट संकलन गर्न लागेको जनाएको हो ।

बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।

केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेखछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित संकलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ४३ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी