मध्यपूर्वमा सेना थप्ने अमेरिकी तयारी, तत्कालै ७५० सैनिक थपिने « Khabarhub

मध्यपूर्वमा सेना थप्ने अमेरिकी तयारी, तत्कालै ७५० सैनिक थपिने


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले इराकलगायत मध्यपूर्वमा थप सेना थप्ने तयारी थालेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सैनिक थप गर्ने तयारी थालेको अमेरिकन रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले मङ्गलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए।

यसैलाई कारण देखाउँदै संयुक्त राज्य अमेरिकालाई थप सैनिकहरू पठाउन प्रेरित गरेको छ। रक्षा सचिव मार्क एस्पेरका अनुसार चाँडै नै ७५० अमेरिकी सिपाहीहरू यस क्षेत्रमा परिचालन हुनेछन् । त्यस्तै आकस्मिक रक्षा बल (आईआरएफ) बाट थप सेना पठाउने तयारी भइरहेको छ ।

हशद शाबी समूहका लडाकूको नेतृत्वमा धेरै प्रदर्शनकारीहरूले दूतावास बाहिर अमेरिकाको हवाई हमलाको निन्दा गर्दै मङ्गलबार नारा लगाएका थिए। त्यसपछि विरोध प्रदर्शन हिंसात्मक भयो जब प्रदर्शनकारीहरूले गार्ड टावर र दूतावासको बाहिरी ढोका जलाएका थिए।

अघिल्लो साता अमेरिकी सेनाको शिविरमा हिर्काएपछि एक अमेरिकी ठेकेदारको मृत्युभएको थियो भने केही अन्य व्यक्ति घाइते भएका थिए। यसलाई संयुक्त राज्य अमेरिकाले लामो समयदेखि आफ्नो दुश्मन इरानले समर्थन गरेको मिलिशियाको सम्लग्नता रहेको भन्दै यसको उचित जवाफ दिने बताएको थियो।

इराकको शिया नेतृत्वमा अर्ध सैनिक कताइब हिज्बुल्लाहद्वारा गठित इराकी हशद शाबीको एक समूहले ड्रोनले सिरिया–इराक सिमा नजिकको अमेरिकी सैनिक शिविरहरूमा बम विष्फोट गर्दा आफ्ना २५ समर्थकको मृत्यु भएको र ५१ घाइते भएका बताएको थियो।

राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गरेको भन्दै यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ७ : ३४ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी