अंग्रेजी नयाँ वर्षको दिन विश्वमा ३ लाख ९२ हजार शिशुको जन्मः यूनिसेफ « Khabarhub

अंग्रेजी नयाँ वर्षको दिन विश्वमा ३ लाख ९२ हजार शिशुको जन्मः यूनिसेफ


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लागोस- सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले जनाएको छ ।

“सबैभन्दा बढी बालबालिका भारतमा जन्मिएको र दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिएका छन्,” यूनिसेफको प्रक्षेपणका आधारमा नाइजेरियाका लागि यूनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताए ।

“जनवरी १ मा भारतमा ६७ हजार ३८५ शिशुको जन्म हुने प्रक्षेपण यूनिसेफको छ भने चीनमा ४६ हजार २९९ र नाइजेरियामा २६ हजार ३९ शिशुले जन्म लिनेछन् ।

यसरी हेर्दा नाइजेरियामा जनवरी १ मा विश्वभर जन्मिने शिशुको सात प्रतिशत शिशुले जन्म हकिन्सले बताए ।

उनले भने, “हरेक नयाँ वर्षको सुरूसँगै हरेक नाइजेरियाली बालबालिकाले आफ्नो जीवनको यात्रा शुरू गर्न सम्भावना उनीहरूलाई जीवन जिउन दिइने अवसरका आधारमा हुनेबारेमा जानकारी दिइन्छ ।”

नाइजेरिया लगायत विश्वका लाखौँ नवजात शिशुका लागि जन्मिएकै दिन कम पवित्र बन्ने गर्छ अर्थात् सोही दिन उनीहरूले मृत्युवरण गर्ने गर्छन् ।

यूनिसेफ प्रतिनिधि पिटर हकिन्सका अनुसार सन् २०१८ मा विश्वभरका २५ लाख शिशुहरूले जन्मेको पहिलो महिनामा नै परलोक भएका थिए भने त्यसमध्ये एक तिहाइले जन्मिएकै दिन देहत्याग गरेका थिए ।

नाइजेरियामा मात्रै गत वर्ष तीन लाख १८ हजार ५२२ शिशुको मृत्यु भएको थियो । मृत्यु भएका शिशुमध्ये अधिकांशको अकालमा मृत्यु हुनेगरेको अर्थात् उनीहरूको अल्पआयुमा हुने मृत्युलाई टार्न थोरै मात्र सावधानी अपनाउँदा सम्भब रहेपनि अभिभावकको लापरर्वाही वा व्यवहारका कारण ती शिशुहरूको मृत्यु हुने गरेको छ ।

उनले भने, “प्राय बालबालिकाको जन्म हुँदा वा जन्मिएपछि सावधानी अपनाउन नसक्दा अल्पआयुमा नै मृत्यु हुने गरेको छ ।”

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ८ : ३० बजे

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको