अब मेट्रोबाट घुमुवा प्रहरी परिचालन नहुने « Khabarhub

अब मेट्रोबाट घुमुवा प्रहरी परिचालन नहुने


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी (मेट्रो पुलिस)ले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी खारेज गरिदिएको छ ।

महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले सूचना संकलनका लागि भनेर यसअघि परिचालन हुने गरेका २५ जना घुमुवा प्रहरीलाई फिर्ता बोलाएका हुन् ।

डिआईजी पोखरेलले अब महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहत कुनै घुमुवा प्रहरी नरहने बताए ।

सूचना संकलनका लागि भनेर परिचालन हुने भएपनि घुमुवा प्रहरीहरु विभिन्न प्रकरणमा मुछिएर विवादमा आउँदै गरेका थिए ।

घुमुवा प्रहरीहरु विभिन्न प्रकरणमा पैसा उठाउनेदेखि अपराधिक गतिविधिमा संलग्न हुने गरेका थिए ।

‘निर्धारण गरिएको जिम्मेवारीभन्दा अन्यत्र लाग्ने गरेका कारण घुमुवा प्रहरीहरुका कारण संठनकै बदनाम हुने गरेको देखियो,’ डिआईजी पोखरेलले भने, ‘अब सूचना संकलनको काम युनिटबाटै गर्छौं ।’

यसअघि घुमुवाका रुपमा परिचालन भएका प्रहरीलाई कार्यालयमा फिर्ता बोलाएर नियमित काममा पठाइने डिआईजी पोखरेलले बताए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ११ : ३६ बजे

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार

बीपी प्रतिष्ठान परिसरमा सञ्चालित ३५ औषधी पसल सिलबन्दी 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका

बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन– भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ ।

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौँ– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात