गोर्खाली फौज हिँडेको पदमार्गमा ‘एकीकरण टर्च’ र्‍याली गरिने « Khabarhub

गोर्खाली फौज हिँडेको पदमार्गमा ‘एकीकरण टर्च’ र्‍याली गरिने


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट-बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ र्‍याली गरिने भएको छ ।

नेपाली सेनाको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि शुरु गरेको अभियानअन्तर्गत भोलि शुक्रबार गोरखा दरबारबाट ‘एकीकरण टर्च’ र्‍याली शुरु गर्न लागिएको हो । गोरखा दरबारबाट शुरु हुने ‘एकीकरण टर्च’ र्‍याली बोर्लाङ, सल्यानटार, हासेपसल, चरङ्गे, तबईभार हुँदै नुवाकोटको सामरीमा यही पुस २० गते आइपुग्ने जबरजङ्ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार पुस २० गते सामरीभञ्ज्याङमा विशेष कार्यक्रम गरेर पुनः नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राति पृथ्वीनारायण शाहले निर्माण गर्न लगाउनुभएको नुवाकोटस्थित साततले दरबारमा ‘एकीकरण टर्च’र्‍याली आइपुग्ने कार्यतालिका छ ।

नुवाकोट दरबार परिसरमा पुस २१ मा विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ र्‍याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरी र्‍यालीको समापन गरिने कार्यतालिका छ ।

‘गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ र्‍यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ’, जबरजङ्ग गणका गणपति लामिछानले भने, ‘‘एकीकरण टर्च’ र्‍यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिने हुँदा नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।’

गोरखादरबारबाट शुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म पुग्ने ‘एकीकरण टर्च’ र्‍यालीले आसन्न पृथ्वीजयन्तीप्रतिको सम्मान र बुधबारदेखि शुरु भएको नेपाल भ्रमण वर्षका लागि नेपाल एकीकरण पदमार्गमा पर्यटन भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ११ : ५१ बजे

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित

एसियनको बिस्कुटमा रौं भेटिएपछि २ लाख जरिवाना 

काठमाडौं- सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गरेको

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ