कर्मचारीलाई मेयर शाक्यको निर्देशन : जिम्मेवार भएर समयमै काम सक्नुस्  | Khabarhub Khabarhub

कर्मचारीलाई मेयर शाक्यको निर्देशन : जिम्मेवार भएर समयमै काम सक्नुस् 


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहरलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि कर्मचारीहरु सक्रिय र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाका सबै विभागका विभागीय प्रमुखहरुसँग छलफल गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कामको बाँडफाँटसहितको विवरण प्रस्तुत गर्दै मेयर शाक्यले महानगरको नेतृत्वमा हुने काम र त्यसको कार्यान्वयनमा सक्रिय ढंगले लाग्न पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गरिएको कामको बाँडफाँटमा धेरै काम महानगर एक्लैले गर्नुपर्ने छ ।

यद्यपि केही काम भने विभिन्न मन्त्रालय, सडक विभाग, मेलम्ची खानेपानी आयोजना, नेपाल आयल निगमलगायतसँगको समन्वयमा सम्पादन गर्नुपर्ने रहेका छन् ।

विभागीय प्रमुखहरुसँगको छलफलमा मेयर शाक्यले कतिपय सन्दर्भमा नगर सभाबाट स्वीकृत गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन भएको ढिला–सुस्तीले केही समस्या भएको बताए ।

होर्डिङबोर्ड हटाउने काममा ढिला–सुस्ती नहोस्

मेयर शाक्यले सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिला–सुस्ती नगर्न पनि निर्देशन दिएका छन् ।

‘सहरलाई नै कुरुप बनाउने गरी राखिएका होर्डिङबोर्डका कारण हामीले पनि धेरै गुनासो सुन्नु परेको छ,’ उनले भने, ‘तपाईले होर्डिङ् राख्न सहमति दिनुभएको भए जिम्मेवारी लिनोस् । होइन भने सबै हटाउनोस् । शुल्क लिएर राख्न दिएको भए पैसा फिर्ता गर्नोस् र बोर्ड हटाउनोस् । तर, हटाउने काममा ढला–सुस्ती हुनुभएन ।’

ट्राफिक लाइट सञ्चालनमा ल्याइने 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गरिएको कामको बाडफाडमा महानगरपालिकालाई महानगरीय ट्राफिक प्रहरीसँग समन्वय गरेर बानेश्वर, सिंहरदरबार, गौशाला, माहराजगञ्ज चोक लगायतका स्थानमा पुस भित्रमा ट्राफिक लाइट सञ्चालनमा ल्याउन भनिएको छ ।

त्यसैगरी महानगर क्षेत्र भित्रका खाल्टाखुल्टी सडक विभाग र सम्वन्धित निकायसँग छलफल गरेर जतिसक्दो छिटो पुर्न भनिएको छ ।

त्यस्तै सडक विभागको समवन्यमा चैत भित्रमा कोटेश्वर चोकबाट जडिबुटी चोकसम्म बाँयातिरको खाली ठाँउमा सर्भिस लेन बिस्तार गर्ने, सडक विभागको समवन्यमा कालीमाटी मुनीको दुबैतर्फको अण्डरपास बैशाख भित्रमा व्यवस्थित गर्नेलगायतका कुरा पनि अल्पकालिन कार्ययोजनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल आयल निगम र सडक विभागसँग समन्वय गरेर सवारी आगमनलाई बाधा पर्ने किसिमले सञ्चालनमा रहेका पेट्रोलपम्पहरु स्थानान्तरण गर्ने र पिक एण्ड ड्रपलाई थप व्यवस्थित गर्ने भनिएको छ ।

त्यसैगरी माघभित्रमा सडक विभागसँगको समन्वयमा जेव्राक्रस थप गर्ने, ट्राफिक संकेत मर्मत गर्ने, सिसि टिभिलाई थप व्यवस्थित गर्ने, गुठी संस्थानलगायत सँगको समन्वयमा सडक आसपासका खाली जग्गाहरु भाडामा लिई पार्किङका लागि उपयोग गर्ने जस्ता विषयमा पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

फागुन भित्रमा सम्वन्धित निकायसँग समन्वय गरेर महानगर क्षेत्र भित्र यात्रु चढ्ने र ओराल्ने स्थानमा प्रतिक्षालयसहित बस पकेटहरु बनाउने, फुटपाथ व्यवस्थित गर्ने जस्ता कुरामा पनि महानगरपालिकाको जिम्मेवारीमा परेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १ : २१ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय