श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो, त्यसपछि अर्जुनको फोन खुलेन… « Khabarhub

श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो, त्यसपछि अर्जुनको फोन खुलेन…


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको जम्मू-कश्मीरमा आतंकवादीसँगको झडपमा एक नेपाली युवासहित दुई जना भारतीय सैनिकको ज्यान गएको छ ।

बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले जनाएका छन् ।

२५ वर्षीय अर्जुन राइफलम्यान पदमा कार्यरत थिए । गोरखा नगरपालिका–५ देवीमाई टोलका नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

एक महिना लामो विदापछि पुसको पहिलो सातामात्र डिउटीमा खटिएका उनको मंगलबार राति पत्नी सरितासँग कुराकानी भइरहेको समयमा नै आतंकवादी आक्रमणमा परेर मृत्यु भएको हो ।

‘अस्ति राति अनलाइनमा श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो फोन राख–राख भनेर भन्नुभएको थियो रे’ उनको भाउजू नाता पर्ने सानु थापाले भनिन्,‘हिजो बिहान साथीले एसएमएसमार्फत घरको ठेगाना माग्नुभएछ, फोन पनि लाग्दैन किन के भयो र भनेर सोध्दा उहाँको साथीले ‘नराम्रो घटना छ’ मात्र भन्नुभएछ। सरितासँग कुरा गरेको केही समय नबित्दै अर्जुनलाई गोली लागेछ ।’

आतंकवादी आक्रमण भएपछि अर्जुन ले पत्नीलाई फोन राख्न भने । पत्नीले त्यसको केही समयपछि अजुर्नलाई फोन गरिन् । मोबाइल स्वीच अफ थियो भने फेसबुकमा पनि उनी अनलाइन थिएनन् ।

११ कक्षा पढ्दापढ्दै इन्डियन लाहुरे भएका अर्जुन महिना दिनको छुट्टीमा आएका थिए । घरका एक्ला छोरा अर्जुन र सरिताबीच गत असारमा विवाह भएको थियो ।

अर्जुनकी आमाको दुई वर्षअघि निधन भएको थियो ।  घरमा उनका बुवा, श्रीमती र एक बहिनी छन् । भारतीय सेनाले शव बुझ्न काँकडभित्ता आउन भनेको छ। अर्जुनका बुबा र सरितासहित केही गाउँले काँकडभित्ता गएका छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ३ : ०८ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन