श्रम कार्यालयका कर्मचारी र म्यानपार व्यवसायीबीच भेट नहुने, मासिक २ करोड ठगी रोकिने विश्वास | Khabarhub Khabarhub

श्रम कार्यालयका कर्मचारी र म्यानपार व्यवसायीबीच भेट नहुने, मासिक २ करोड ठगी रोकिने विश्वास


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारी क्षेत्रका सबै काम वैदेशिक रोजगार विभागले अनलाइन प्रणालीबाट सुरु गरेको छ ।

अनलाइन प्रणाली सुरु भएसँगै अब श्रम कार्यालय, दूतावासका कर्मचारी र म्यानपावर व्यवसायीबीच कामका लागि प्रत्यक्ष भेटघाट नहुने विभागले जनाएको छ ।

श्रम कार्यालय, दूतावास र म्यानपावर कम्पनीका कर्मचारीबीच डिमाण्ड, श्रम स्वीकृति र भिसाको कामका लागि भेट हुने गरेको थियो । यसरी भेट हुँदा केही सामान्य काममा समस्या आयो भने आर्थिक लेनदेनमा काम हुने गरेको आरोप लाग्ने गरेको थियो ।

नयाँ अनलाइन प्रणाली सुरु भएपछि सबैका काम प्रविधिमार्फत हुने भएकाले म्यानपावर व्यवसायी फाइल बोकेर श्रम कार्यलयसम्म धाउनु पर्ने प्रथाको अन्त्य भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्म कुमार भुषालले बताए ।

सन् २०२० जनवरी १ देखि सबै राजदूतावासबाट प्रमाणीकरण गरिएका कागजातहरु वैदेशिक रोजगार सूचना प्रणालीबाट दर्ता हुन थालेका छन् ।

म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्व स्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति सबै काम हुन थालेको विभागले जानकारी दिएको छ ।

यो भन्दा अगाडी नियोगमार्फत प्रमाणिकरण भएर आएका डिमाण्डको पूर्व श्रम स्वीकृति लिन म्यानपावर व्यवसायी श्रम कार्यलय ताहाचालसम्म जानुपर्‍थ्यो ।

वैदेशिक रोजगारीमा जान चाहने युवाले आफै अनलाइनमार्फत डिमाण्ड खोजेर अन्तर्वार्ता दिनसक्ने सुविधा अनलाइन छ । विदेशस्थीत नेपाल कुटनीतिक नियोगबाट डिमाण्ड प्रमाणिकरण भएर आएको माग विभागको अनलाइनमा दर्ता हुन्छ । यसरी दर्ता भएका डिमाण्ड कुन म्यानपावरमा आएको छ भनेर विभागको वेभसाइटमार्फत जानकारी लिनसक्ने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाले कुन म्यानपावर कम्पनीमा कुन देशबाट कस्तो कामको माग आएको छ भनेर घरैमा बसेर आवेदन गर्नेसक्छ ।

यसरी आवेदन गरेको विभागको अनलाइनमा दर्ता हुन्छ । त्यसपछि आवेदनकर्तालाई म्यानपावरले अन्तर्वार्ताका लागि बोलाउने विभागले जानकारी दिएको छ ।

विगतमा म्यानपावरले पत्रिकामा पूर्व श्रम स्वीकृति निकालेपछि मनपरी तरिकाले वैदेशिक रोजगारीमा जाने युवालाई अन्तर्वार्तामा बोलाउने गरेका थिए । अनलाइन प्रणाली सुरु भएपछि आवेदन दिएका सबै युवालाई म्यानपावर कम्पनीले अन्तर्वार्तामा बोलाउनुपर्ने विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाले विभागको वेभसाइटमा गएर डिमाण्ड भन्ने स्थानमा क्लिक गरेपछि कुन म्यानपावरमा कुन देशबाट डिमाण्ड आएको छ भनेर जानकारी लिन पाउँछन् ।

विदेशस्थित सबै नेपाली राजदूतावासले विद्युतीय सुशासन र नयाँ अनलाइन प्रणालीका लागि सहयोग गर्ने विषयमा विश्वस्त रहेका विभागका महानिर्देशक डा भुषालले बताए । अनलाइन प्रणालीमार्फत सबै काम सुरु भएपछि वैदेशिक रोजगारीमा नाममा हाल भइरहेको ठगी रोकिने र नक्कली श्रम स्वीकृति बनाएर श्रमिक विदेश पठाउने सम्भावना अत्य हुने उनको भनाइ छ ।

सरकारले विदेशमा रहेको नेपालको कुटनीतिक नियोगबाट नै बढीमा २ पटकसम्म पुनः श्रम स्वीकृति दिन सक्नेगरि बैदेशिक रोजगार नियमावली संसोधन गरिएको छ । तर, विभिन्न कारण यो कार्यन्वयनमा भएको छैन ।

कुटनीतिक नियोगबाट नै पुनः श्रम स्वीकृति हुने व्यवस्थाका लागि विभागले आवश्यक समन्वय गरिरहेको भएपनि कार्यान्वयनमा हुन छाँटकाँट देखिएको छैन । पुनःश्रम स्वीकृति जारी गर्ने विषयमा श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच समन्वय नहुँदा अन्योलमा परेको छ ।
विभागले पौष १७ विहीबारबाट सबै ८ सय ५३ इजाजतपत्रवाला संस्था (म्यानपावर)का सूचना प्रणाली चलाउने कर्मचारीहरुका लागि विभिन्न चरणमा तालिम समेत दिइने भएको छ ।

बिचौलियाबाट मासिक २ करोड ठगी रोकिने 

वैदेशिक रोजगारी क्षेत्रमा बिचौलियाको बिगबिग नै छ । वैदेशिक रोजगारी म्यादी बीमा, श्रम स्वीकृतिको काम छिटो गराइदिने नाममा श्रमिकसँग बिचौलियले ठूलो रकम ठगी गर्दै आएका छन् । म्यादी बीमा, श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै बिचौलियाले प्रति कामदार ३ हजारसम्म लिने गरेको उजुरी विभागमा समेत पर्ने गरेको छ ।

नेपालबाट मासिक व्यक्तिगत र संस्थागत (म्यानपावर) मार्फत ५७ हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । यी युवाबाट प्रतिव्यक्ति ३ हजारका दरले रकम लिदाँ मासिक २ करोडभन्दा बढी बिचौलियाले श्रमिकसँग ठगी गर्दै आएको विभागको अनुमान छ ।

अनलाइन प्रणालीबाट सबै काम सुरु भएपछि बिचौलिया र श्रमिकबीच प्रत्यक्ष भेट हुँदैन । जसका कारण बिचौलियाबाट श्रमिक ठगिने क्रम पनि बन्द हुने विभागको दाबी छ । यस्तै, रोजगारदाता देशमा बसेर बिचौलियाले डिमाण्डको व्यापार गरिरहेका थिए ।

अब नयाँ अनलाइन प्रणालीमा भने म्यानपावरले ल्याएको डिमाण्डसँग श्रकिमले पाउने तलब सुविधा सबै विवरण पेश गर्नुपर्ने हुन्छ । जसका कारण डिमाण्ड व्यापार पनि बन्द हुने विभागले विश्वास लिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ४ : २७ बजे

स्ववियु निर्वाचन : छैन केन्द्रको हस्तक्षेप, क्याम्पसले पाए गठबन्धनको अधिकार

काठमाडौं – विद्यालयका शैक्षिक समस्या समाधान गर्ने, विद्यार्थीको सामाजिक मुक्ति,

लमजुङमा भूकम्पको धक्का

लमजुङ– लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान

देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु