‘कतार एयरवेज’लाई पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स पुरस्कार « Khabarhub

‘कतार एयरवेज’लाई पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स पुरस्कार


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार एयरवेजले पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्सलाई प्रदान गरिने ‘स्काईट्रेक्स’ पुरस्कार हात पार्न सफल भएको छ ।

गुणस्तरीय सेवा प्रदान गरेवापत विश्वको सर्वोत्कृष्ट एयरलाइन्सलाई प्रदान गरिने ‘स्काईट्रेक्स’ पुरस्कार कतार एयरवेजले पाँचौं पटक हात पार्न सफल भएको हो ।

कतार एयरवेजले गत वर्ष आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो। कम्पनीले पुरस्कार हात पार्नु सन् २०१९ कम्पनीका लागि सफल र महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ‘२०१९ कतार एयरवेजका लागि उपलब्धिमूलक वर्ष रह्यो । विगतका १२ महिनामा कतार एयरवेजले धेरै उपलब्धिहरु हासिल गर्यो जसमध्ये पेरिस एयरशोमा विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कारद्वारा सम्मानित हुनु सबैभन्दा महत्वपूर्ण उपलब्धि हो ।’

कतार एयरवेजले यस अघि चार पटक ‘स्काईट्रेक्स’ पुरस्कार प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ६ : ३० बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन