'कतार एयरवेज'लाई पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स पुरस्कार | Khabarhub Khabarhub

‘कतार एयरवेज’लाई पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स पुरस्कार


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार एयरवेजले पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्सलाई प्रदान गरिने ‘स्काईट्रेक्स’ पुरस्कार हात पार्न सफल भएको छ ।

गुणस्तरीय सेवा प्रदान गरेवापत विश्वको सर्वोत्कृष्ट एयरलाइन्सलाई प्रदान गरिने ‘स्काईट्रेक्स’ पुरस्कार कतार एयरवेजले पाँचौं पटक हात पार्न सफल भएको हो ।

कतार एयरवेजले गत वर्ष आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो। कम्पनीले पुरस्कार हात पार्नु सन् २०१९ कम्पनीका लागि सफल र महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ‘२०१९ कतार एयरवेजका लागि उपलब्धिमूलक वर्ष रह्यो । विगतका १२ महिनामा कतार एयरवेजले धेरै उपलब्धिहरु हासिल गर्यो जसमध्ये पेरिस एयरशोमा विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कारद्वारा सम्मानित हुनु सबैभन्दा महत्वपूर्ण उपलब्धि हो ।’

कतार एयरवेजले यस अघि चार पटक ‘स्काईट्रेक्स’ पुरस्कार प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ६ : ३० बजे

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८