रुकुममा हिमपात, चिसोले जनजीवन प्रभावित | Khabarhub Khabarhub

रुकुममा हिमपात, चिसोले जनजीवन प्रभावित


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ ।

रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो । जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ ।

पानी र हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एकमात्र हिमाली जिल्लाको रूपमा रहेको रुकुमपूर्व मङ्सिरको अन्तिम साता हिमपात भएको थियो ।

जिल्लाका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाले किसान भने हर्षित भएका छन् । सिँचाइसुविधा नभएको र सधैँ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानलाई भने बेला–बेलामा हिमपातसँगै भएको वर्षाले ठूलो राहत मिल्ने गरेको सिस्ने गाउँपालिका वडा नं ५ का वसन्त बस्नेतले बताए ।

हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् त कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको छ । रुकुमपूर्व का सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न उच्च तथा लेकाली क्षेत्रमा भएको हिमपातले चिसो निकै बढेको स्थानीयवासीले बताएका छन् ।

हिमपात हुँदा मानिसलाई मात्र नभई पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका टीका घर्तीले बताए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ०० बजे

चुनौतीपूर्ण बन्दै छ विपद् व्यवस्थापन

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

काठमाडौं– नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण

ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मध्यरातको समयमा बत्ती

पासपोर्टको ठेक्कामा बिचौलियाको चलखेल ?

काठमाडौं- परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले आम नागरिकलाई पासपोर्टको अभाव हुन