ए डिभिजन लिग फुटबलमा एपीएफको पहिलो जित « Khabarhub

ए डिभिजन लिग फुटबलमा एपीएफको पहिलो जित


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपीएफले सरस्वती युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो ।

जितसँगै एपीएफ ११औँ स्थानमा उक्लेको छ भने पराजित सरस्वती अंकविहीन रहँदै अंकतालिकाको अन्तिम स्थानमा छ । यस खेलसँगै चार खेल खेलेको एपीएफले भने एक जित, एक बराबर र दुई हारसँगै चार अंक जोडेको छ ।

एपीएफको जितमा आशिष लामा नायक बने । उनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै एपीएफलाई पहिलो अग्रता दिलाए ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको जित सुनिश्चित गरे । आशिषले गोल गरेलगत्तै सरस्वतीका विनोद केसीले एक गोल फर्काएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ७ : २९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका