ए डिभिजन लिग फुटबलमा एपीएफको पहिलो जित « Khabarhub

ए डिभिजन लिग फुटबलमा एपीएफको पहिलो जित


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपीएफले सरस्वती युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो ।

जितसँगै एपीएफ ११औँ स्थानमा उक्लेको छ भने पराजित सरस्वती अंकविहीन रहँदै अंकतालिकाको अन्तिम स्थानमा छ । यस खेलसँगै चार खेल खेलेको एपीएफले भने एक जित, एक बराबर र दुई हारसँगै चार अंक जोडेको छ ।

एपीएफको जितमा आशिष लामा नायक बने । उनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै एपीएफलाई पहिलो अग्रता दिलाए ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको जित सुनिश्चित गरे । आशिषले गोल गरेलगत्तै सरस्वतीका विनोद केसीले एक गोल फर्काएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ७ : २९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक