बेरुजु फछ्र्याेटमा उत्कृष्ट बन्दै नेपाल प्रहरी पुरस्कृत « Khabarhub

बेरुजु फछ्र्याेटमा उत्कृष्ट बन्दै नेपाल प्रहरी पुरस्कृत


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गर्न सफल भएकोे छ ।

आज सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयले ७४.४१, सशस्त्र प्रहरीले ८६.९६ र अध्यागमन विभागले ८४.६२ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ ।

गृहमन्त्रालयले आज नेपाल प्रहरीसहित मातहतका निकायका नेतृत्वलाई बेरुजु फछ्र्योटमा उत्कृष्ट काम गरेकामा नगदसहित सम्मानसमेत गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकामा नगद रु १० हजार पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्नुभयो । मन्त्रीस्तरीय निर्णयानुसार यसरी पुरस्कार प्रदान गरिएको हो ।

यस्तै गृहसचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललगायतलाई पनि पुरस्कार प्रदान गरिएको थियो । गत वर्ष पनि नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : ०० बजे

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज