बेरुजु फछ्र्याेटमा उत्कृष्ट बन्दै नेपाल प्रहरी पुरस्कृत « Khabarhub

बेरुजु फछ्र्याेटमा उत्कृष्ट बन्दै नेपाल प्रहरी पुरस्कृत


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गर्न सफल भएकोे छ ।

आज सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयले ७४.४१, सशस्त्र प्रहरीले ८६.९६ र अध्यागमन विभागले ८४.६२ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ ।

गृहमन्त्रालयले आज नेपाल प्रहरीसहित मातहतका निकायका नेतृत्वलाई बेरुजु फछ्र्योटमा उत्कृष्ट काम गरेकामा नगदसहित सम्मानसमेत गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकामा नगद रु १० हजार पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्नुभयो । मन्त्रीस्तरीय निर्णयानुसार यसरी पुरस्कार प्रदान गरिएको हो ।

यस्तै गृहसचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललगायतलाई पनि पुरस्कार प्रदान गरिएको थियो । गत वर्ष पनि नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : ०० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय