नख्खु कारागारका ३ सय ९३ कैदीबन्दी मानसिक रोगको शिकार « Khabarhub

नख्खु कारागारका ३ सय ९३ कैदीबन्दी मानसिक रोगको शिकार


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् ।

समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५ सय ४७ कैदीबन्दीमध्ये ३ सय ९३ जना मानसिक रोगको बिरामी रहेका कारागारले जानकारी दिएको छ ।

लामो समय कारागारमा रहँदै जाँदा उनीहरुको मनोविज्ञान बिग्रेर यी कैदीबन्दीहरु मानसिक रोगको शिकार हुन पुगेका कारागारका सूचना अधिकारी डा नरेन्द्र परियारले जानकारी दिए ।

उनले भने, “कारागारमा मानसिक रोग लागेका मध्य बढी मात्राको औषधि सेवन गर्ने कूल १ सय ३० र सामान्य खालको औषधि सेवन गर्ने २ सय ६३ गरी कूल ३ सय ९३ जना बिरामी रहेका छन् ।”

उनका अनुसार कारागार परिसरमा भर्खरै मानसिक रोगका बिरामीको लागि १५ शै्याको ‘मनोसामाजिक अपाङ्ग वञ्जी अस्पताल’ को शुरुआत गरी यसैमा सो कैदीबन्दीलाई प्राथमिक तहको उपचार दिन शुरु गरिएको छ ।

कारागारमा बढी मात्राको औषधि सेवन गरिरहेका यस्ता बिरामीलाई आवश्यक परेको खण्डमा कारागारका प्रतिनिधिले बढी मात्रामा पाटन अस्पताल जचाउन ल्याउने गरेका मानसिक अस्पताल पाटनका सूचना अधिकारी डा अनन्तप्रसाद अधिकारीले जानकारी दिए ।

बिरामीको अवस्था हेरी पाटनले उनीहरुलाई एक हप्तासम्म अस्पताल राखेर जाँच गर्ने गरेको अधिकारीले बताए । अन्य कैदीबन्दीको तुलनामा मानसिक रोगका कैदीबन्दीलाई कारागारले रोगको अवस्था हेरी विभिन्न सुविधा दिने पनि गरेको छ ।

कारागारमा रहेका कूल कैदीबन्दीमा ३३६ लागुऔषध, २८६ जवरजस्ती करणी, २०९ कर्तव्यज्यान मुद्दा, १०३ डाकाडाली, एक सय जना बैंकिङ कसुर, ९२ चोरी मुद्दा, ३८ जना जीउज्यान, ३९ जना सवारीसाधन र ४३ जना राजस्व अपचलनमा सम्बन्धित रहेका कारागारले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ४५ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय