म्यान्मारका पर्यटनमन्त्रीलाई लुम्बिनीमा ढाकाटोपीले स्वागत « Khabarhub

म्यान्मारका पर्यटनमन्त्रीलाई लुम्बिनीमा ढाकाटोपीले स्वागत


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- म्यान्मारका पर्यटनमन्त्री अन मोङले लुम्बिनीको भ्रमण गरेका छन् । उनले आफ्नो जीवनकालमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनी घुम्नका लागि सरकारले आफ्नो देशका नागरिकलाई आग्रह गर्ने बताएका छन् ।

लुम्बिनीको अवलोकन भ्रमणपछि उनले नेपाल भ्रमण वर्षका अवसरमा आफ्नो देशका ट्राभल एजेन्सीलाई लुम्बिनीको भ्रमण गराएर टुर प्याकेज तयार पार्न आग्रह गर्ने बताए ।

बुद्धको जन्मस्थल भएका कारण लुम्बिनी म्यान्मारका नागरिकको आस्थाको केन्द्र भएको चर्चा गर्दै पर्यटनमन्त्री मोङले म्यान्मारका नागरिक लुम्बिनी आउन उत्सुक रहेको जानकारी दिए ।

नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा काठमाडौँ आएका पर्यटनमन्त्री मोङसहित कम्बोडियाका पर्यटन मन्त्रालयका सल्लाहकार सेइल हुल, भुटानका पर्यटन परिषद्का महानिर्देशक दोर्जे ध्रधुलसहित नौ जना उच्चस्तरीय सरकारी अधिकारीको टोली लुम्बिनी आएका थिए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सिधै लुम्बिनी आएएका पर्यटनमन्त्री मोङसहितको टोलीलाई प्रदेश नं. ५ सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले ढाका टोपी लगाइदिएर स्वागत गरेकी थिइन् ।

यस्तै लुम्बिनी विकास कोषका तर्फबाट निमित्त सदस्य सचिव सरोज भट्टराईसहित कोषका कर्मचारीले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्री गिरीले म्यान्मार र लुम्बिनीको साँस्कृतिक र धार्मिक सम्बन्ध रहेकाले पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरे ।

उनले पर्यटन प्रवर्द्धनबाट समृद्धि हासिल गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको जानकारी गराए ।

म्यान्मारका मन्त्री मोङ, मन्त्री गिरी तथा अन्य उच्चस्तरीय सरकारी अधिकारीले मायादेवी मन्दिरको दर्शन गरी बोधिवृक्ष परिसरमा बुद्ध पूजा गरेका थिए । पर्यटनमन्त्री मोङले लुम्बिनी विकास कोषको गुरुयोजनाबारे चासो राखेका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ३० बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक