म्यान्मारका पर्यटनमन्त्रीलाई लुम्बिनीमा ढाकाटोपीले स्वागत | Khabarhub Khabarhub

म्यान्मारका पर्यटनमन्त्रीलाई लुम्बिनीमा ढाकाटोपीले स्वागत


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- म्यान्मारका पर्यटनमन्त्री अन मोङले लुम्बिनीको भ्रमण गरेका छन् । उनले आफ्नो जीवनकालमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनी घुम्नका लागि सरकारले आफ्नो देशका नागरिकलाई आग्रह गर्ने बताएका छन् ।

लुम्बिनीको अवलोकन भ्रमणपछि उनले नेपाल भ्रमण वर्षका अवसरमा आफ्नो देशका ट्राभल एजेन्सीलाई लुम्बिनीको भ्रमण गराएर टुर प्याकेज तयार पार्न आग्रह गर्ने बताए ।

बुद्धको जन्मस्थल भएका कारण लुम्बिनी म्यान्मारका नागरिकको आस्थाको केन्द्र भएको चर्चा गर्दै पर्यटनमन्त्री मोङले म्यान्मारका नागरिक लुम्बिनी आउन उत्सुक रहेको जानकारी दिए ।

नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा काठमाडौँ आएका पर्यटनमन्त्री मोङसहित कम्बोडियाका पर्यटन मन्त्रालयका सल्लाहकार सेइल हुल, भुटानका पर्यटन परिषद्का महानिर्देशक दोर्जे ध्रधुलसहित नौ जना उच्चस्तरीय सरकारी अधिकारीको टोली लुम्बिनी आएका थिए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सिधै लुम्बिनी आएएका पर्यटनमन्त्री मोङसहितको टोलीलाई प्रदेश नं. ५ सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले ढाका टोपी लगाइदिएर स्वागत गरेकी थिइन् ।

यस्तै लुम्बिनी विकास कोषका तर्फबाट निमित्त सदस्य सचिव सरोज भट्टराईसहित कोषका कर्मचारीले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्री गिरीले म्यान्मार र लुम्बिनीको साँस्कृतिक र धार्मिक सम्बन्ध रहेकाले पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरे ।

उनले पर्यटन प्रवर्द्धनबाट समृद्धि हासिल गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको जानकारी गराए ।

म्यान्मारका मन्त्री मोङ, मन्त्री गिरी तथा अन्य उच्चस्तरीय सरकारी अधिकारीले मायादेवी मन्दिरको दर्शन गरी बोधिवृक्ष परिसरमा बुद्ध पूजा गरेका थिए । पर्यटनमन्त्री मोङले लुम्बिनी विकास कोषको गुरुयोजनाबारे चासो राखेका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ३० बजे

शिविरबाट एक हजार ३७५ लाभान्वित

गलकोट– जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको

एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको

सलमान खान र अरिजित सिंहबीचको विवाद टुङ्गिए कै हो त ?

काठमाडौं– बलिउड अभिनेता सलमान खान र गायक अरिजित सिंहबीच लामो

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।