वनभोज मनाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार | Khabarhub Khabarhub

वनभोज मनाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि गोली प्रहार भएको छ । छातिमा गोली लागेर घाइते भएका उनलाई थप उपचारका लाग गए राति नै काठमाडौं पठाइएकाे उनले जानकारी दिए ।

उनको काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

सन् २०२० को अवसरमा आफ्नै गाउँसँग टाँसिएर रहेको भारतीय सीमा नजिकै साथीहरुसँग वनभोज मनाएर गाउँ फर्किंदै गरेका किशोरमाथि सोही गाउँमा बस्ने अन्दाजी ३९ वर्षको विनय सिंहले गोली प्रहार गरेको पीडितका परिवारजनले जनाएका छन् ।

गोली प्रहार गरी विनय सिंह भारततर्फ फरार भएका छन् भने प्रहरीले गोली हान्ने व्यक्तिको पहिचान भइसकेको तथा उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : २२ बजे

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं – सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम

काठमाडौंमा अन्तरविद्यालय कविता प्रतियोगिता

काठमाडौं – शान्ति र लोकतन्त्रको लागि महिला नेपाल र साना

आईपीएल : दिल्लीलाई मुम्बईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत अहिले जारी

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल छनोटमा पुग्न

म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

काठमाडौं – म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर