मिलनको फिल्ममा कहिल्यै नछुट्ने वर्षा ! « Khabarhub

मिलनको फिल्ममा कहिल्यै नछुट्ने वर्षा !


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता तथा निर्देशक मिलन चाम्सले केही समयअघि फिल्मका लागि नायिका चाहिएको भन्दै अडिसन आह्वान गरे । तर, त्यो अडिसन कहिले भयो, कसरी भयो भन्ने कुरा बाहिर ल्याएनन् ।

फिल्मवृत्तमा उनले खुलाएको त्यो अडिसन ‘फेक’ भएको भन्दै धेरैले मिडियाले समाचार बनाएनन् । त्यो फिल्मको काम कहाँ पुग्यो, कसैलाई पत्तो छैन । चाम्सले उक्त अडिसनमार्फत नायिकाको खोजी गरेका थिए ।

यतिबेला मिलन चाम्सले फिल्म ‘गोर्खा वारियर’ निर्माणको घोषणा गरेका छन् । फिल्ममा चल्तीका कलाकारको अभिनय रहने बताइएको छ । रमाइलो प्रसङ्ग के छ भने फिल्ममा नायिकाका रुपमा वर्षा शिवाकोटी अनुबन्ध भएकी छिन् ।

चाम्सले अडिसन आह्वान खुलाए पनि अन्ततः वर्षालाई नै फिल्ममा लिएका छन् ।

त्यसो त मिलन चाम्स र वर्षा शिवाकोटीको नाम जोडिएर गसिप बन्न थालेको लामो समय भइसकेको छ । पछिल्लो समय मिलनले वर्षालाई नै आफ्ना हरेक फिल्ममा लिने गरेका छन् । वर्षाले पनि अरु निर्माताका फिल्म नपाए पनि चाम्सका फिल्म आफ्नै होम प्रोडक्सनको फिल्मझैँ गरी पाइरहेकी छिन् ।

यसअघि ‘वीर विक्रम २’ मा पनि मिलनले वर्षालाई नै मुख्य भूमिकामा अभिनय गराएका थिए ।

फिल्मवृत्तमा के पनि हल्ला चल्ने गरेको छ भने, वर्षा शिवाकोटीसँगको सम्बन्ध बिग्रँदा मिलन चाम्सले नायिकाको खोजी भन्दै फेक अडिसन आह्वान गरेका थिए । तर, अहिले यी दुईबीच राम्रो सम्बन्ध छ ।

एकअर्कासँग नाम जोडिएर बारम्बार गसिप बने पनि सार्वजनिक रुपमा भने मिलनले वर्षासँगको सम्बन्धका बारेमा खासै कुरा गरेका हुँदैनन् । यता वर्षाले पनि चाम्सलाई ‘अभिभावक’ सरह भएको भन्दै दाबी गर्दै आइरहेकी छिन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १२ : ४२ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार