पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा « Khabarhub

पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा विभागीय डर्बीमा नेपाल सेनाको आर्मी क्लब विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ। जारी लिगमा २३ अंकसहित नेतृत्व गरिरहेको छ । आर्मीलाई १० खेलमा २२ अंक जोडेको मछिन्द्र क्लब पछ्याइ रहेको छ ।

खेलमा पुलिसका लागि १९ औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै टिमलाई सुरुवाती १-० को अग्रता दिलाएका थिए भने ३४ औं मिनेटमा आर्मीका सुमन अर्यालले गोल फर्काउँदै पहिलो हाफ १-१ गोल बराबरी सकिएको थियो ।

तर, दोस्रो हाफमा पुलिसका मानबहादुर परियारले गोल गर्दै आर्मीलाई दबाबमा पार्न सफल भएका थिए । उनले खेलको ५८ औं मिनेटमा नीर कुमार राईको कर्नरमा गोल गरेका थिए ।

पुलिससँग २-१ गोलले पछि रहेको आर्मीका लागि खेलको ७७ औं मिनेटमा विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठले गोल गर्दै टीमलाई २-२ को बराबरी भएको थियो ।

खेल २-२ को बराबरीमा रहँदा आर्मीका नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टीमका लागि उत्कृष्ट गोल गरेका थिए । नवयुगले खेलको ८५ औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै खेलको ८९ औं मिनेटमा आर्मीका सुदील राईले टीमका लागि चौथो गोल गरेका थिए ।

यो सँगै नवयुगले जारी लिगमा व्यक्तिगत ६ गोल पूरा गरेका छन् । लिगमा नवयुग र च्यासल युवा क्लबका सन्तोष साहुखल सर्वाधिक गोलकर्ता बनेका छन् ।

दुवै खेलाडीको ६ गोल गरेका छन् ।

पराजित पुलिसको १० खेलमा १४ अंक रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ४२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका