दोस्रो टेस्टमा न्यूजिल्याण्डले भारतलाई सात विकेटले हरायो « Khabarhub

दोस्रो टेस्टमा न्यूजिल्याण्डले भारतलाई सात विकेटले हरायो


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजिल्याण्डले भारतलाई दोस्रो टेस्टमा सात विकेटले हराएको छ । यसका साथ पाहुना टोलीले २–०ले टेस्ट आफ्नो नाममा पारेको छ ।

क्राइस्टचर्चाको हेगली ओवर स्टेडिममा खलिएको टेस्ट क्रिकेटको तेस्रो दिन भारतले हारको सामना गर्नु परेको थियो ।

भारतीय टीमको दोस्रो पारी १ सय २४ रनमा समेटिएको थियो । न्यूजिल्याण्डलाई जितका लागि १ सय ३२ रनको जरुरी थियो । यो सहज लक्ष्यलाई न्यूजिल्याण्डले तीन विकेट गुमाएर मात्र ३६ ओभरमा हासिल गर्‍यो ।

टस जितेको न्यूजिल्याण्डले बलिङको निर्णय गरेको थियो । पहिलो पारीमा भारतले २ सय ४२ रन बनाएको थियो ।

यसपछि न्यूजील्याण्डको पूरै टीम आफ्नो पहिलो पारीमा २ सय ३५ रन बनाउ सक्यो । पहिलो पारीको आधारमा भारतलाई सात रन बढी मिलेको थियो तर दोस्रो पारीमा उनले केही गर्न सकेन ।

भारतीय टोलीले दोस्रो पारीमा १ सय २४ रन मात्र बनायो । न्यूजिल्याण्डले पाएको १ सय ३२ रनको लक्ष्य उसले सहजरुपमा हासिल गर्‍यो ।
यस अघि भारतले पहिलो टेस्ट म्याच पनि १० विकेटले हारेको थियो ।

टेस्ट सिरिज समाप्त भएसँगै भारतको न्यूजिल्याण्ड यात्रा समेत समाप्त भएको छ । यसअघि टी–२० सिरिज भारतले ५–० ले जितेको थियो तर वानडे सिरिज मा ३–० को हार सामना गर्नु पर्‍यो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : १८ बजे

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।