भारतमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि « Khabarhub

भारतमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको राजधानी दिल्लीमा एक जना र दक्षिणी राज्य तेलंगानामा अर्का एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमले दुबैमा कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको जनाएका हुन् । उनीहरु दुबै विदेशबाट फर्किएका जनाइएको छ ।

दिल्लीमा कोरोनाको पोजेटिभ देखिएका व्यक्ति इटालीको भ्रमणबाट फर्केको र तेलंगानामा पोजेटिभ देखिएका व्यक्ति दुबई भ्रमणबाट फर्केका थिए ।

नयाँ दुई जनामा कोरोना संक्रमणको पुष्टिसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या पाँच पुगेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : २६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति