क्वारेन्टाइनबाट बिदाइ भएकाहरु भन्छन्- घर परिवारलाई भट्दैछौं, खुशीको सीमा छैन « Khabarhub

क्वारेन्टाइनबाट बिदाइ भएकाहरु भन्छन्- घर परिवारलाई भट्दैछौं, खुशीको सीमा छैन


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु दुई साताको क्वारेन्टाइनको निगरानीपछि आज घर फर्किएका छन् ।

क्वारेन्टाइनमा रहेका १ सय ७५ जनाको दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज बिदाइ गरिएको हो ।

क्वारेन्टाइनमा १६ दिन बिताउनेमध्ये बिराटचोक मोरङका सौरभ लुइटेल लगायत सबै निकै खुशी बने । बिदाइ कार्यक्रममा पुगेका अभिभावकहरुमा पनि खुशीको सीमा थिएन ।

सौरभले भने, ‘चीनबाट फर्किएपछि पनि हामी पूर्ण रुपमा सुरक्षित महशुस गरिरहेका थिएनौं । क्वारेन्टाइनको वातावरण राम्रो भए रिपोर्ट के आउने हो भन्ने हामीमा सन्त्रास बाँकी नै थियो । जब दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्टमा सबैको नेगेटिभ आयो खुशीको सीमा रहेन ।’

उनले भने, ‘निरोगी भएर सकुशल घर फर्कन पाउँदा एकदमै खुसी लागेको छ ।’

लुइटेल यसै वर्ष स्नात्तकोत्तर अध्ययन गर्न चीनको वुहानको वाजोङ कृषि विश्वविद्यालयमा गएका थिए ।

जनकपुरका अशोककुमार साह पनि निकै खुशी देखिए ।

उनले भने, ‘जब दिउँसोतिर कन्ट्रोल रूमबाट घर जान तयार हुनुस् भन्ने खबर आयो। हामी सबै साथीहरू खुशीले फुरुङ्ग भयौं ।’

‘मनामा रहेको सन्त्रासबाट अब मुक्त भयौ’ साहले खबरहबसँग भने,‘अब घरका सबै सदस्यहरुलाई भेट्न पाइने भएको छ, खुशीको सीमा छैन ।’

वुहानमा उनी पिएचडी गर्दै थिए । आजबाट क्वारेन्टाइनको बसाइ सकिए पनि यो क्षण आफूलाई सधैंभर यादगार रहने उनले बताए ।

क्वारेन्टाइनमा रहेका १ सय ७५ जनामध्ये केहीलाई भने मंगलबार बिहान घर पठाइने भएको छ । काठमाडौं आसपास घर भएका र जान खोज्नेलाई आजै बिदाइ गरिएको छ भने केही भोलि मात्रै घर जानेछन् ।

सोमबार क्वारेन्टाइनमा रहेकाहरूलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा अभिभावक पनि उपस्थित भएका थिए । उनीहरुले आफ्ना सन्तालाई भेट्न पाउँदा निकै खुशी बने ।

गत फागुन ४ गते चीनको कोरोना संक्रमित क्षेत्रबाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो। उनीहरूको शनिबार अन्तिम कोरोना परीक्षण गरिएको थियो ।

वुहानमा नेपालीलाई उद्दार गर्न जाने विमानका पाइलटसहित १८ सदस्यलाई भने आइतबार नै नगरकोट क्वारेन्टाइनबाट घर पठाइएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : २३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी