भक्तपुर सडकमा ‘राडार गन’ जडान  « Khabarhub

भक्तपुर सडकमा ‘राडार गन’ जडान 


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले भक्तपुरमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ ।

अरनिको राजमार्ग भक्तपुर खण्डअन्तर्गमा ‘राडार गन’ जडान गरिएको हो । ‘राडार गन’ले सवारीसाधनको गति मापन गर्ने गर्छ ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस प्रकारको उपकरण भक्तपुरमा पहिलो पटक जडान गरिएको जानकारी दिए ।

साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको गति नाप्ने अत्याधुनिक उपकरण ‘राडार गन’ जडान गरिएको उनले जानकारी दिए ।

“‘रजिस्ट्रेशन प्लेट रिकगनाइजेशन क्याम’ नामको सिसी क्यामरा सहितको उपकरणले सवारीसाधनको २०० भन्दा माथि सम्मको गति मापन गर्न सक्छ ।”, उनले भने “यो क्यामरा सबै सडकमा राख्ने हो भने नेपालको ट्राफिक व्यवस्थापनमा सहज आउने मात्रै नभई कसैले पनि नियम उल्लङ्घन गर्नै सक्दैन, गल्ती गर्नेले कारवाही भोग्नै पर्ने अवस्था आउँछ ।”

सूर्यविनायक नगरपालिकाको करिब रु १० लाख र अन्यको सहयोगमा ल्याइएको दुईवटा क्यामरालाई महानगरीय प्रहरी परिषरको कन्ट्रोल कक्षमा जडान गरी हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले सवारी नियम उल्लङ्घन गर्ने कोही पनि अब कारवाहीबाट भाग्नै नसक्ने दाबी गरे ।

रातिको समयमा समेत यसले सबै दृश्यहरु लिन सक्ने भएकाले तीव्र गतिमा आएका, दुर्घटना गराएर फरार रहेका कोहीले पनि कारवाहीबाट उन्मुक्ति पाउन नसक्ने दाबी उनले गरे । सडकमा जडान गरिएका क्यामराको प्रहरी परिसरे कन्ट्रोल कक्षबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रहरी उपरीक्षक प्रधानले यो क्यामराको दृश्यलाई यातायात कार्यालयसँग पनि जोडेर कारवाही गर्न सकिने र कुनै सवारीसाधनले दुर्घटना गराएर होस् वा ट्राफिक नियम उल्लङ्घन गरेर भागेमा अर्को दिन नियन्त्रणमा लिएर पनि कारवाही गर्न सकिने जानकारी दिए ।

अहिले सो खण्डमा प्रतिघण्टा ५० किलोमिटर गतिमा मात्रै सवारीसाधन चलाउन पाउने नियम रहेको छ । अबतीव्र गतिमा सवारी चलाउने कारवाहीमा पर्ने छन् तीव्र गतिमा गुडेका सवारीसाधनलाई अर्को स्टेशनमै प्रहरीले पक्राउ गर्न सक्नेछ ।

अपराध गरेर भागेका सवारीसाधनलाई पनि रेकर्ड हेरेर खोज्न सहज हुनेछ । यो रेकर्ड यातायात कार्यालयमा पनि जाने भएकाले जरिवाना नतिर्ने गल्ती गरेका सवारीसाधनलाई यातायात कार्यालयले डिजिटल रेकर्ड हेरेर सवारी अनुमतिपत्र र सवारी किताब (बिल बुक) नवीकरण र सवारी बिक्रीका बेलामा उसले नतिरेका जरिवाना असुल गर्न सक्नेछ । तर यसका लागि यातायात कार्यालयले त्यसको व्यवस्था गर्नुपर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ३० बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको