सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो « Khabarhub

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर पूर्ण रुपमा बगाएको छभने छ घरमा आंशिक क्षति पु-याएको छ ।

अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेस्थित बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

बाढीपीडितलाई सकुशल उद्धार गरी हाल अस्थायी बसोबासको व्यवस्था मिलाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए।

अध्यक्ष शेर्पाका अनुसार गत वर्षको साउन ३२ गते थामे खोलामा आएको बाढीले जोखिममा पारेको घर नै बगाएको हो । गाउँपालिकाको प्राविधिक टोली थामेतर्फ पठाइसकेको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुमा सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १० : ५९ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान