ख्याल गर्नुहोस् ! स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण हुनसक्छ « Khabarhub

ख्याल गर्नुहोस् ! स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण हुनसक्छ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतको किङ्ग्स कलेजका वैज्ञानिकहरूले यदि खानाको स्वाद र गन्ध थाहा पाउन छोड्नु भयो भने तपाईमा कोरोना लागेको पनि हुन सक्छ भनेका छन्।

यो महामारीको लक्षणहरूलाई उनीहरूले ‘कोबिड सिमटम ट्रयाकर याप’ मार्फत ट्रयाक गर्दै आइरहेका छन्। मार्च २९ पछि करीब डेढ मिलियन मान्छेहरूले यो ‘याप’ मार्फत आफ्ना लक्षणहरू बताएकोमा अधिकांशले आफुहरूले स्वाद र गन्ध बिस्तारै थाहा पाउन छोड्दै गएको उल्लेख गरेका छन्।

यद्यपी, हालसम्म कोरोनाको लक्षणहरू यी लक्षणहरू समावेश गरिएको छैन। अनुसन्धानकर्मीकानुसार उच्च ज्वरो आएर भर्ना भएका विरामीहरूमा भन्दा स्वाद र गन्ध हराएर भर्ना भएका विरामीमा कोरोनाको लक्षण छिटै देखिएको बताएका छन्।

अहिलेसम्म सामान्यतया लगातार खोकी लागेमा र उच्च ज्वरो आएमा यो महामारीको संकेत मानिए पनि अब स्वाद र गन्ध हराउँदै जाने लक्षणलाई पनि कोरोनाको लक्षणमा समावेश गर्न थालेका छन्।

बेलायतको नेश्नल हेल्थ सर्भिस (एनएचएस)ले स्वावप्रस्वाससगँ सम्बन्धित रोग,ज्वरो थकान र सुख्खा खोकीलाई यो महामारीको लक्षणका रुपमा राखेकोछ। त्यसो त विश्व स्वास्थ संगठनले घाँटी सुक्खा हुनु,टाउको दुख्नु र स्वासप्रस्वाशमा कठिनाई हुनुलाई यो महामारीको लक्षण मानेकोछ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ४५ बजे

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका