ख्याल गर्नुहोस् ! स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण हुनसक्छ | Khabarhub Khabarhub

ख्याल गर्नुहोस् ! स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण हुनसक्छ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतको किङ्ग्स कलेजका वैज्ञानिकहरूले यदि खानाको स्वाद र गन्ध थाहा पाउन छोड्नु भयो भने तपाईमा कोरोना लागेको पनि हुन सक्छ भनेका छन्।

यो महामारीको लक्षणहरूलाई उनीहरूले ‘कोबिड सिमटम ट्रयाकर याप’ मार्फत ट्रयाक गर्दै आइरहेका छन्। मार्च २९ पछि करीब डेढ मिलियन मान्छेहरूले यो ‘याप’ मार्फत आफ्ना लक्षणहरू बताएकोमा अधिकांशले आफुहरूले स्वाद र गन्ध बिस्तारै थाहा पाउन छोड्दै गएको उल्लेख गरेका छन्।

यद्यपी, हालसम्म कोरोनाको लक्षणहरू यी लक्षणहरू समावेश गरिएको छैन। अनुसन्धानकर्मीकानुसार उच्च ज्वरो आएर भर्ना भएका विरामीहरूमा भन्दा स्वाद र गन्ध हराएर भर्ना भएका विरामीमा कोरोनाको लक्षण छिटै देखिएको बताएका छन्।

अहिलेसम्म सामान्यतया लगातार खोकी लागेमा र उच्च ज्वरो आएमा यो महामारीको संकेत मानिए पनि अब स्वाद र गन्ध हराउँदै जाने लक्षणलाई पनि कोरोनाको लक्षणमा समावेश गर्न थालेका छन्।

बेलायतको नेश्नल हेल्थ सर्भिस (एनएचएस)ले स्वावप्रस्वाससगँ सम्बन्धित रोग,ज्वरो थकान र सुख्खा खोकीलाई यो महामारीको लक्षणका रुपमा राखेकोछ। त्यसो त विश्व स्वास्थ संगठनले घाँटी सुक्खा हुनु,टाउको दुख्नु र स्वासप्रस्वाशमा कठिनाई हुनुलाई यो महामारीको लक्षण मानेकोछ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ४५ बजे

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको

गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

सूचना नपाएको सूचना अधिकारीकै गुनासो

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र