जर्मनीमा एकै दिन करिव ५ हजार जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

जर्मनीमा एकै दिन करिव ५ हजार जनामा कोरोना भाइरसको संक्रमण


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १ सय ३० जनाले ज्यान गुमाएका छन् भने ४ हजार ९सय २३ जना नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो तथ्यांकसँगै जर्मनीमा ज्यान गुमाउनेको संख्या ७ सय ७५ पुगेको छ ।

त्यस्तै एकै दिन ४ हजार ९ सय २३ जनामा संक्रमण देखिएसँगै जर्मनीमा संक्रमितको संख्या ७१ हजार ८ सय ८ पुगेको हो ।

संक्रमितमध्य १६ हजार १ सय उपचारपछि निको भएका छन् । २ हजार ६ सय ७५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५४ हजार ९ सय ३३ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ९ लाख ३४ हजार ८ सय २५ पुगेको छ । एकै दिन ७६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ७ सय १९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४१ हजार १ सय ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : २३ बजे

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी

‘प्रधानमन्त्रीले सुकुम्वासीमाथि अत्याचार गरे, राज्य आतंक मच्चाए’

भूमिअधिकारकर्मी जगत देउजा पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासीहरूमाथि

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको