प्रधानमन्त्री नै कोरोनाभाइरस संक्रमित भएपछि चीनसँग क्रुद्ध बन्यो बेलायत « Khabarhub

प्रधानमन्त्री नै कोरोनाभाइरस संक्रमित भएपछि चीनसँग क्रुद्ध बन्यो बेलायत


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायत कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि  चीनविरुद्ध बेलायत क्रुद्ध बनेको हो ।

एक बेलायती अधिकारीले भनेका छ कि कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ ।

बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सीमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएको भन्दै असन्तुष्टि जनाएको एक स्थानीय अखबार मेलले उल्लेख गरेको छ ।

उक्त अखबारका अनुसार वैज्ञानिकहरूले जोनसनलाई बताएका छन कि कोरोनाभाइरसबाट संक्रमितको संख्यालाई चीनले १५ गुणासम्म घटाएर भनेको हुन्सक्छ ।

चीनले हालसम्म ८१ हजार संक्रमित भएको मात्र स्वीकार गरेका छ ।

बेलायतका एक मन्त्री माइकल गोभले बीबीसीलाई भनेका छन- चीनले सार्वजनिक गरेको तथ्यांकमा शंका गर्ने धेरै ठाउँ छ ।

उनले चीनमा कोरोनाभाइरसको पहिलो संक्रमित डिसेम्बरमै देखिएको थियो तर यसको मापन, प्रकृति र संक्रमणको गहिराईबारे चीनले स्पष्ट रुपले केही पनि नबताएको आरोप लगाएका छन् ।

चिनियाँ सरकारले कोरोनाभाइरसबाट मात्र ३ हजार २ सय ४ जनाको मृत्युको खुलासा गरेको छ । तर रेडियो फ्रि एशियाका अनुसार वुहानमा अनुमानित ४२ हजार शवहरुको अन्त्येष्टि गरिएको छ ।

बेलायती अधिकारीहरूले यो भाइरससँग लड्न प्रयास गरिरहेका अन्य देशहरूलाई सहयोग प्रदान गर्दै चीनले आफ्नो आर्थिक शक्ति पनि विस्तार गर्ने कोशिश गरिरहेको आरोप लगाएको छ ।

उक्त अखबारले बेलायतका तीन अधिकारीहरूलाई उद्धृत गर्दै बेलायत सरकार चीनसँग क्रुद्ध बनेको उल्लेख गरेको छ ।

उनीहरुले कोरोनोको प्रभाव सकिएपछि चीनसँगको आफ्नो कुटनीतिक सम्बन्धको बारेमा पुनःबिचार गर्ने र हिसाव-किताब लिने पनि बताएका छन् ।

उक्त अखबारले बेलायत सरकारले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने  निर्णयलाई समेत उल्ट्याउन सक्ने उल्लेख गरेको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने बेलायतकाे यो निर्णयमा अमेरिकी राष्ट्रपनि ट्रम्प पनि असन्तुष्ट बन्दै आएका थिए । सो निर्णयप्रति कन्जरभेटिभ पार्टीका सांसदहरू पनि रुष्ट बनेका थिए ।

एक बेलायती मन्त्रीले भने भनेका छन- ‘ हामी हुवावे जस्तै कम्पनीहरु हाम्रो अर्थव्यवस्थामा अनुमति दिइरहेका छौं, यसबारे हामीले पुनर्विचार गर्नुपर्दछ ।’

बेलायती प्रधानमन्त्रीले युकेका प्रत्येक घरलाई पत्र लेख्दै कोरोना भाइरसको जोखिम रोक्न सामाजिक दूरीका नियमहरू पालना गर्न आग्रह गरेका छन् । पत्रमा उनले आफूमा कोभिड– १९ पोसिटिभ रहेको जानकारी दिँदै चाँडै सुधार आउने बताएका छन् ।

बेलायती नागरिकहरु हाल लकडाउनमा बस्नुपरिहेको छ भने कडा समाजिक नियमहरुको पालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ०० बजे

एमाले महाधिवेशनको उद्घाटनसत्र : १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा

हर्षोल्लाससहित मनाइँदै धान्यपूर्णे, योमरी पुन्ही (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा

चौथो बलमै काठमाडौंलाई धक्का, ओपनर आकाश डक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो

एनपीएल : पोखरा टस जितेर बलिङमा

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ