हिरासतको झ्याल उक्काएर भागे तीन कैदी « Khabarhub

हिरासतको झ्याल उक्काएर भागे तीन कैदी


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका उनीहरु हिरासतको झ्याल उक्काएर भागेका हुन् ।

लागु औषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती १ बजे हिरासतको झ्याल उक्काएर भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन् ।

उनीहरु जना लागुऔषध कारोबार अभियोगमा पक्राउ परेका थिए ।

भागेकाहरुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताए।

थुनुवा झ्याल नै उक्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाह पाएको थियो। 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  १० : ३५ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा