लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि « Khabarhub

लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ आजभोलि फिल्ममा सँगै काम गरिरहेका हुन्छन् । फिल्ममा अफर आउँदा दुवैको भूमिका हुनुपर्ने उनीहरुको शर्त हुन्छ भन्ने गरेको पनि सुनिन्छ ।

पछिल्लो केही समययता यी दुई लिभिङ टुगेदरमा छन् । सरकारले लकडाउन गरिरहेका बेला सृष्टिले एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा सौगात पनि थिए । दर्शकले त्यतिबेला नै यी दुई साथै भएको अड्कल काटेका थिए ।

अर्को वर्षसम्म यी दुईले बिहे गर्ने फिल्म वृत्तमा चर्चा चल्ने गर्छ ।

यतिबेला भने नेपालमा लकडाउन गरिएकाले कलाकारहरु फुर्सदमा छन् । त्यसो त विश्व नै लकडाउनको मारमा छ । नेपाली सेलिब्रेटी पनि सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । सेल्फ क्वारेन्टाइनमा बस्दा कतिले पुस्तक पढिरहेका छन् भने कतिले फिल्म हेरेका छन् ।

यता सृष्टि र सौगात भने मायामा हराएका छन् । नायिका सृष्टि श्रेष्ठले सौगात मल्लसँगको एक तस्वीर शेयर गरेकी छिन् । उनले तस्वीरको क्याप्सनमा लेखेकी छिन् – लभ लकडाउन ।

इन्स्टाग्राममा सृष्टिले शेयर गरेको उक्त तस्वीरमा फ्यानले जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन् – सुहाएको जोडी दाजु भाउजू ।

सौगात र सृष्टि लामो समय प्रेममा रहे पनि केही वर्षयता मात्र यी दुईले आफ्नो प्रेमबारे सार्वजनिक गरेका थिए । पछिल्लो समय फिल्म क्षेत्र बन्द भएकाले एकले अर्कालाई समय दिन पाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  १२ : ०१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,