जीवन बदल्ने रामायणका १४ अनमोल वचन « Khabarhub

जीवन बदल्ने रामायणका १४ अनमोल वचन


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्वप्रथम रामायणका रचयिता महर्षि वाल्मीकिले भगवान श्रीराम र सीताको जीवनीलाई ग्रन्थको रुप दिएका थिए ।

वाल्मीकिले रामायणमा हरेक प्रसंगमा मानिसलाई सत्मार्गमा हिड्न प्रेरित गरेको पाइन्छ । रामको जीवनलाई आर्दश मानेर रामपथमा हिड्दा सदैव धर्म प्राप्त हुने मान्यता छ ।

पावन ग्रन्थ रामायणमा प्रेम, त्याग, तपस्या र भावनाको मेल पाइन्छ । त्यहि रामायणका रचयिताका वाल्मीकीले केहि अनमोल वचनहरु समेत समावेश गरेका छन् । जसको नेपाली रुपान्तरण यस प्रकारको छ ।
१. जननी र जन्मभूमि स्वर्ग भन्दा महान हुन्छन् ।
२. दुखः र विपद् जीवनका यस्ता दुई पाहुना हुन्, जो बिना निमन्त्रणा आउने गर्दछन् ।
३. प्रण तोडेमा पुण्य नष्ट भएर जान्छ ।
४. मातापिताको सेवा र उनको आज्ञाको पालना गर्नुजस्तो अर्को कुनै धर्म छैन ।
५. जीवनमा सदैव सुख मात्र प्राप्त हुनु दुर्लभ छ ।
६. यस दुनियामा कुनै पनि कुरा दुर्लभ छैन यदि उत्साहको साथ छोडिएन भने ।
७. मायाको पनि दुई भेद हुन्छ अविद्या र विद्या ।
८. अहंकार मनुष्यको सबैभन्दा ठुलो दुश्मन हो । जसले सुनको हारलाई समेत माटो बनाइदिन्छ ।
९. प्रियजनलाई पनि मोहवश अत्यधिक प्रेम गरेमा यश गुम्ने गर्दछ ।
१०. अति संघर्षले चन्दनबाट पनि आगो उत्पन्न गराउँछ, सोहि प्रकार अधिक अवज्ञा गरिँदा ज्ञानीका हृदयमा पनि क्रोध उत्पन्न हुन्छ ।
११. सन्त अरुलाई दुखबाट बचाउन कष्ट सहने गर्दछन्, दुष्टहरु अरुलाई दुखमा पार्न जिउने गर्दछन् ।
१२. नीचको नम्रता अत्यन्त दुखदायी हुन्छ ।
१३. अंकुश, धनुष, सर्प र बिरालोले मात्र झुकेर आक्रमण गर्दछन् ।
१४. संसारमा यस्ता मानिस कमै हुन्छन्, जो कठोर तर हितका कुरा गर्दछन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : १२ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि