जीवन बदल्ने रामायणका १४ अनमोल वचन « Khabarhub

जीवन बदल्ने रामायणका १४ अनमोल वचन


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्वप्रथम रामायणका रचयिता महर्षि वाल्मीकिले भगवान श्रीराम र सीताको जीवनीलाई ग्रन्थको रुप दिएका थिए ।

वाल्मीकिले रामायणमा हरेक प्रसंगमा मानिसलाई सत्मार्गमा हिड्न प्रेरित गरेको पाइन्छ । रामको जीवनलाई आर्दश मानेर रामपथमा हिड्दा सदैव धर्म प्राप्त हुने मान्यता छ ।

पावन ग्रन्थ रामायणमा प्रेम, त्याग, तपस्या र भावनाको मेल पाइन्छ । त्यहि रामायणका रचयिताका वाल्मीकीले केहि अनमोल वचनहरु समेत समावेश गरेका छन् । जसको नेपाली रुपान्तरण यस प्रकारको छ ।
१. जननी र जन्मभूमि स्वर्ग भन्दा महान हुन्छन् ।
२. दुखः र विपद् जीवनका यस्ता दुई पाहुना हुन्, जो बिना निमन्त्रणा आउने गर्दछन् ।
३. प्रण तोडेमा पुण्य नष्ट भएर जान्छ ।
४. मातापिताको सेवा र उनको आज्ञाको पालना गर्नुजस्तो अर्को कुनै धर्म छैन ।
५. जीवनमा सदैव सुख मात्र प्राप्त हुनु दुर्लभ छ ।
६. यस दुनियामा कुनै पनि कुरा दुर्लभ छैन यदि उत्साहको साथ छोडिएन भने ।
७. मायाको पनि दुई भेद हुन्छ अविद्या र विद्या ।
८. अहंकार मनुष्यको सबैभन्दा ठुलो दुश्मन हो । जसले सुनको हारलाई समेत माटो बनाइदिन्छ ।
९. प्रियजनलाई पनि मोहवश अत्यधिक प्रेम गरेमा यश गुम्ने गर्दछ ।
१०. अति संघर्षले चन्दनबाट पनि आगो उत्पन्न गराउँछ, सोहि प्रकार अधिक अवज्ञा गरिँदा ज्ञानीका हृदयमा पनि क्रोध उत्पन्न हुन्छ ।
११. सन्त अरुलाई दुखबाट बचाउन कष्ट सहने गर्दछन्, दुष्टहरु अरुलाई दुखमा पार्न जिउने गर्दछन् ।
१२. नीचको नम्रता अत्यन्त दुखदायी हुन्छ ।
१३. अंकुश, धनुष, सर्प र बिरालोले मात्र झुकेर आक्रमण गर्दछन् ।
१४. संसारमा यस्ता मानिस कमै हुन्छन्, जो कठोर तर हितका कुरा गर्दछन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : १२ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी