भारतमा कोरोनाका कारण ६८ जनाको मृत्यु, २३ सय बढी संक्रमित « Khabarhub

भारतमा कोरोनाका कारण ६८ जनाको मृत्यु, २३ सय बढी संक्रमित


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–९)को संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ ।

भारतमा बिहीबार मात्रै कोरोना भाइरसबाट संक्रमित १० जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको हो।

बिहीबार मात्रै भारतमा ३ सय ६३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। हालसम्म २ हजार ३ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

चीनको वुहान शहरबाट सुरु भएकाे कोरोना भाइरसको प्रकोप यतिबेला विश्वभर फैलिएको छ। चीनमा संक्रमण केही नियन्त्रणमा आएपनि अन्यत्र भने संक्रमण घट्नुको साटो दिन प्रतिदिन बढिरहेको छ।

विश्वभर हालसम्म ९ लाख ८१ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ५० हजारभन्दा बढीको मृत्यु भएको छ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ३४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका