इरफानकी श्रीमती सुतपा सिक्दारले भावुक हुँदै लेखिन- मेरो एकमात्र गुनासो छ | Khabarhub Khabarhub

इरफानकी श्रीमती सुतपा सिक्दारले भावुक हुँदै लेखिन- मेरो एकमात्र गुनासो छ


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको उपचारकै क्रममा निधन भएको हो । विगत २ वर्षभन्दा अगाडिदेखि न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित खान बेलायतको लण्डनमा उपचार पछि भारत फर्किएका थिए ।

लण्डनबाट भारत फर्किएपछि उनी मुम्बईको ललिताबेन अस्पतालमा फलोअप चेकअप गराउँदै आएका थिए । पछिल्लो समय स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मंगलबार मात्रै उनी अस्पताल भर्ना भएका थिए । केहि दिन अगाडि मात्रै उनकी आमाको समेत निधन भएको थियो ।

इरफानको निधनपछि उनकी श्रीमती सुतपा सिक्दारले भावुक पत्र लेखेकी छन् । उनले लेखेको पत्र इरफानको ट्वीटर एकाउन्टमा राखिएको छ ।

अंग्रेजीमा लेखिएको पत्रको नेपाली भावानुवाद यस्तो छः

जब विश्वभर यसलाई व्यक्तिगत नोक्सानीको रूपमा देखिरहेका छन् त म पारिवारिक वक्तव्य कसरी लेख्न सक्छु ? जब लाखौं मानिसहरूले हामीसँगै शोक मनाइरहेका बेला म कसरी एक्लो महसुस गर्न सक्छु ? सबैलाई एउटा कुरा भन्न चाहन्छु, यो नोक्सान होइन, प्राप्ति हो। हामीलाई उनले सिकाएका चिजहरूको प्राप्ति। अब हामी यो प्राप्तिलाई सही तरिकाले कार्यान्वयन गर्न शुरू गर्नेछौँ। अब म मानिसहरूलाई थाहा नभएका केही कुरा लेख्दै छु।

यो हाम्रा लागि अविश्वसनीय हो तर, इरफानकै शब्दमा भन्दा यो ‘जादू’ हो। चाहे उनी हुन् वा नहुन्। उनले माया गरे, त्यो एकतर्फको मात्र थिएन। उनीप्रति मेरो केवल एकमात्र गुनासो छ, उनले मलाई जीवनभर बिगारेर गए। पूर्णताका लागि उनले गर्ने प्रयासले हरेक कुरामा सामान्य तरिकामा चित्त बुझाउन मलाई दिने छैन। उनले देख्ने हरेक कुरा चाहे त्यो कर्कस र भद्रगोलको परिस्थिति नै किन नहोस्, ‘लय’ हुन्थ्यो। मैले त्यस प्रकारको लयको संगीतमा नाच्न र गाउन सिकेको छु।

अन्ततः हाम्रो जिन्दगी नाटकमा मास्टर क्लास थियो। त्यसैले जब नबोलाएको पाहुनाको नाटकीय इन्ट्री भयो, त्यही बेला मैले कोलाहलमा एक सामाजस्य बनाउन सिके। डाक्टरको रिपोर्ट तिनै स्क्रिप्ट जस्तै थिए, जसलाई पूर्ण बनाउन चाहन्थ्ये। त्यसैले मैले कहिलेकाहीँ उनलाई परफर्मेन्समा कमजोरीको एक खोट पनि पाइन्। यो यात्रामा हामीले धेरै यादगार मानिसहरूसँग मिल्यौं उनीहरूको सूची निकै लामो छ। तर, केही मानिसहरूलाई सम्झन चाहन्छु, हाम्रो आन्कोलोजिष्ट डा. नितेश रोहतगी (मेक्स अस्पताल, साकेत), जसले हाम्रो हात शुरुआतदेखि नै समाएर राखेका थिए। डा. डेन क्रेल (यूके), डा. शिद्रवी (यूके), मेरो धड्कन तथा अँध्यारोमा उज्यालो दिने डा. सेवन्ती लिमये (कोकिलाबेन अस्पताल)। यो यात्रा कति रमाइलो, सुन्दर र पीडादायी थियो भनेर शब्दमा लेख्न सजिलो छैन।

पछिल्लो अढाइ वर्षको अन्तराल पाएजस्तो भएको छ जसको आफ्नै शुरुआत, मध्य र उत्कृर्ष थियो जसमा इरफान निर्देशकजस्ता थिए। यो हाम्रो ३५ वर्ष लामो सहयात्राभन्दा अलग थियो। हामी विवाहभन्दा फरक थियौँ, एक भएजस्तो थियो। म मेरो सानो परिवारलाई दुई छोराहरू बाबिल र आयानले डुंगामा राखेर अगाडि बढाइरहेको देख्दै छु । जहाँ इरफानले निर्देशन दिँदैछन्ः त्यहाँ होइन, यहाँबाट मोड। जीवन सिनेमा होइन र ‘रिटेक’हरू लिन सकिँदैन भन्ने बुझेपछि म छोराहरूलाई विनम्र आग्रह गर्न चाहन्छुः दिमागमा बुबाको मार्गनिर्देशनलाई राखेर सुरक्षित तरिकाले डुंगा चलाउ।

म मेरा दुई छोराहरूलाई बुबाले सिकाएका पाठहरू जुन निकै महत्त्वपूर्ण छन्, यसरी बुझ्न आग्रह गर्छु।

बाबिलः अनिश्चितताको नृत्यमा आफूलाई आत्मसमर्पण गर्न सिक र यो ब्रम्हाण्डमा आफ्नो आस्थामा विश्वास गर।

आयानः आफ्नो मनलाई नियन्त्रण गर्न सिक। र, दिमागलाई आफैं नियन्त्रणमा आउन देऊ।

आँसुहरू बगिरहँदा, इरफानलाई मनपर्ने फूल ‘रात की रानी’ उनको विजय यात्रापछि विश्राम दिन राखेको स्थानमा रोप्ने छौँ। यसले समय लेला तर यो फुल्ने छ र सुवासहरू फैलने छन्। वर्षौँसम्म त्यसले मानिसका मनहरूलाई छुनेछ, जसलाई म फ्यान भन्दिन बरु आउनेवाला परिवार भन्छु।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ५० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव