विवाह गरेको ५० वर्ष भएको अवसरमा शुभकामना दिनेलाई पूर्व राजाले दिए धन्यवाद « Khabarhub

विवाह गरेको ५० वर्ष भएको अवसरमा शुभकामना दिनेलाई पूर्व राजाले दिए धन्यवाद


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो विवाहको ५० वर्ष भएको अवसर पारेर शुभकामना दिने शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै आफ्नो वैवाहिक वर्षगाठको अवसरमा शुभकामना दिएकोमा धन्यवाद दिएका हुन् ।

आफ्नो र पूर्व वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहबीच विवाह भएको ५० वर्ष भएको अवसर पारेर आफन्त र इष्टमित्र शुभेच्छुक र शुभचिन्तक व्यक्तिहरुले बधाई तथा शुभकामना दिएको भन्दै उनीहरु सबैप्रति सद्भावपूर्वक धन्यवाद व्यक्त गरेको उल्लेख गरेका छन् ।

हिन्दू संस्कृतिमा विवाहलाई एक उच्चतम संस्कारका रुपमा मानिएको र दुई आत्माको सम्मिलन र प्रेमसम्बन्धको शुभ अवसरका रुपमा रहेको विवाह संस्कार जीवन व्यवहारको सार सूत्र रहेको पूर्व राजा शाहले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ५७ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा