ओलीले राजीनामा नदिने, सचिवालयमा पनि बहुमत « Khabarhub

ओलीले राजीनामा नदिने, सचिवालयमा पनि बहुमत


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूहले ओलीलाई सरकारबाट राजीनामा गर्न दवाव दिने र पार्टीको मुख्य भूमिकाबाट हटाउने तयारी गरिरहेको बेलामा प्रधानमन्त्री ओलीले भने दुवै पद नछोड्ने भएका हुन् ।

पार्टी भित्रको विवाद उग्र बन्दै जाँदा शनिवार साँझ नेकपाको सचिवालय बैठक बोलाइएको छ ।

बैठकमा प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न लगाउने र स्थायी समिति बैठक बोलाउने निर्णय गराउने तयारी गरेका थिए ।

९ सदस्यीय सचिवालयमा प्रचण्ड नेपाल समूहको बहुमत पुग्ने भएकाले ओलीलाई निर्णय गर्न बाध्य बनाउने रणनीति भएको स्रोतको दाबी थियो । तर प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार सचिवालयमा ओली बहुमतमा रहेका छन् ।

गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल दुबै पक्षतिर नखुलेको र उनी प्रचण्ड नेपाल समूह तर्फ लाग्ने आकलन गरिएको थियो ।

तर ओलीले गृहमन्त्री थापालाई आफूलाई समर्थन नगरे गृहमन्त्री फेर्नेसम्मको चेतावनी दिएसँगै उनी प्रचण्ड नेपाल समूह तर्फ नजाने स्रोतको दाबी छ ।

‘प्रधानमन्त्रीले पदबाट राजीनामा दिने कुरा छैन उहाँ सचिवालयमा बहुमत मा हुनुहुन्छ’ स्रोतले भन्यो ।

सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले आजै उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री थापासँग भेटवार्ता गरेका थिए । उनीहरु दुवैले ओलीलाई समर्थन गर्न सकारात्मक भएको स्रोतको भनाइ छ ।

शनिवार करीब ३ घण्टासम्म बसेको प्रचण्ड- नेपाल समूहको बैठकमासमेत उपाध्यक्ष गौतम अनुपस्थित भएको स्रोतको दाबी छ।

बैठकमा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम रावल, रघुजी पन्त, मुकुन्द न्यौपाने, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत थिए ।

ओलीले स्थायी समिति बैठकपनि तत्काल नबोलाउने र सचिवालयले आफूलाई हटाउने खालको निर्णय गरे प्रधानमन्त्रीले अन्य विकल्पहरुबारे विचार गरिरहेको स्रोतको भनाइ छ ।

केही दिन अघि बसेको सचिवालय बैठकमा ओलीले उपाध्यक्ष गौतमलाई आगामी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका थिए । प्रचण्ड नेपाल र गौतम समूह बनाएर आफ्नो राजीनामा माग्न अघि सरेसँगै प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ५३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील