नेकपा बैठक : छुट्टिएका ओली र प्रचण्ड एकै ठाउँ ! « Khabarhub

नेकपा बैठक : छुट्टिएका ओली र प्रचण्ड एकै ठाउँ !


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शुरु भएको छ । बैठकमा नेताहरुको बसाइँको व्यवस्थापन फरक बनाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बसाइको व्यवस्थापनका साथ सचिवालय बैठक शुरु भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी कायम गर्दै बैठक यसअघि पनि हुँदै आएका थिए ।

बालुवाटारमा हुने गरेका नेकपाको सचिवालय बैठकमा अघिल्लो लाइनमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको लागि बस्ने व्यवस्थापन गरिएको हुन्थ्यो ।

यस अघिका बैठकमा ओलीका लागि छुट्टै व्यवस्थापन भएपनि प्रचण्ड अरु सचिवालय सदस्यसँग बस्थे ।

रातो कपडाले ढाकिएको विशेष खालको आशन अध्यक्षलाई राखिने गरिएको थियो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य बाँकी सचिवालय सदस्यलाई समान खालको बस्ने स्थानको व्यवस्थापन गरिएको पाइन्थ्यो ।

कार्यकारी अध्यक्ष भएपनि प्रचण्ड बसाइँको हिसाबमा सह अध्यक्ष जस्तो भूमिकामा रहने गरेका थिए ।

तर शनिवार(आज) को बैठकमा भने दुबै अध्यक्ष(ओली र प्रचण्ड) का लागि समान खालको बासाइँको व्यवस्थापन गरिएको छ ।

दुबै अध्यक्षका लागि समान लाइनमा रातो कपडाले छोपिएको टेबल राखिएको छ । उनीहरुको सामुन्नेमा महासचिव विष्णु पौडेल रहेका छन् । त्यस्तै दूई लाइनमा तीन तीन जना सचिवालय सदस्यहरु रहेका छन् ।

पार्टी एकतापछि दुई अध्यक्ष रहेको नेकपामा लामो समयपछि प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका थिए । त्यसपछि वैठकहरुमा दुई अध्यक्षका कुर्सीसँगै राखिने गरिएको थियो । तर कोरोनाको त्रास पछि भने हटाइएको थियो ।

पार्टी भित्र पछिल्लो समय विवाद चर्किदै जाँदा दुई अध्यक्षको कुर्सी समान हैसियतमा राखिएको छ, टाँढिएका दुई अध्यक्षका कुर्सी एकै ठाउँ र समान हैसियतमा आएका छन् । के टाँढिएका दुई अध्यक्ष एकै स्थान आइपुग्लान् ? उत्तरका लागि बैठकको निर्णय कुर्नुको विकल्प छैन ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ५९ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट