भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग « Khabarhub

भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ ।

“ भारतका लागि युएइका राजदूत डा अहमद अब्दुल रहमान अल्बन्नाले शनिबार सामान हस्तान्तरण गर्दै भने , “युएईले कोभिड–१९ महामारीसँग जुझ्न राष्ट्रहरूलाई सङ्कटका समय स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सामग्री सहयोग गर्न प्रतिवद्ध छ । भारतलाई युएईको सहयोगले दुई देशबीच लामो समयदेखि रहँदै आएको सहकार्य र गहिरो भाईचारा सम्बन्धको निरन्तरता दिँदै चिकित्सा सामग्री सहयोग गरिएको हो ।”

अल्बन्नाले थपे, “कोभिड–१९ विरूद्धको लडाई अहिले वैश्विक चिन्ताको प्राथमिक विषय बनेको छ र भाइरस हुनसक्ने अन्य देशहरूको प्रयासलाई सुदृढ पार्नु अत्यावश्यक हो भन्ने कुरामा हामी विश्वस्त छौं ।”

हालसम्म युएईले ३४ भन्दा बढी देशहरूलाई तीन लाख ४८ हजार स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ३४८ मेट्रिक टन भन्दा बढी सहयोग प्रदान गरिसकेको उनले बताए । कोभिड–१९ विरूद्धको लडाईमा चिकित्सकहरूको सुरक्षाका लागि आवश्यक पर्ने सामानको आपूर्ति गर्न यूएई इच्छुक रहेको उनले बताए ।

भारतमा हालसम्म ३७ हजार ३६६ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक हजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा सङ्क्रमितमध्ये करिब १० हजार व्यक्ति निको भई घर फर्किएका छन् भने २६ हजार १६७ जनाले देशभर विभिन्न अस्पतालहरूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहेका छन् ।

त्यस्तै यूएईमा १२ हजार ४८१ सङ्क्रमित भएका छन् भने १०५ जनाले कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : ४१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल