माधव नेपालले अस्वीकार गरे तेस्रो अध्यक्षको पद « Khabarhub

माधव नेपालले अस्वीकार गरे तेस्रो अध्यक्षको पद


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाका नेता माधव कुमार नेपालले तेस्रो अध्यक्ष पद अस्वीकार गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने माग गरेसँगै ओलीले गत बुधवारको बैठकमा अप्रत्याशित रुपमा उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

अध्यक्ष प्रचण्ड, नेता नेपालसहित उपाध्यक्ष गौतम लगायतले आफू विरुद्ध मोर्चाबन्दी गरेको निष्कर्षसहित प्रधानमन्त्रीले उक्त मोर्चामा फुट ल्याउने यस्तो प्रस्ताव राखेको आकलन गरिएको थियो ।

शनिवार(आज) बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको भएपनि पार्टीमा तेस्रो अध्यक्ष बनाउने बारे केही निर्णय गरेन ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रवक्ता श्रेष्ठले नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने विषयमा सामान्य छलफलको विषय भएको उल्लेख गरे ।

‘तीन अध्यक्ष राख्ने प्रस्तावका रुपमा नभएर सामान्य छलफल भएको थियो । तीन अध्यक्ष राखेर बन्ने मा कमरेड नेपाल पनि सहमत हुनु भएको थिएन र तीन अध्यक्ष राख्ने कुरा अब अघि बढ्दैन ‘ श्रेष्ठले भने ।

नेकपामा अहिले ओली र प्रचण्ड दुईजना अध्यक्ष रहेका छन् । पार्टी एकता लगत्तै बरियतामा दुई अध्यक्षपछि तेस्रो नम्बरमा रहेका नेपाल घटुवा भएर चौथो नम्बरमा पुगेपछि असन्तुष्ट बनेका छन् ।

चौथो नम्बरमा रहेको झलनाथ खनाल तेस्रो बरियतामा रहेका छन् । नेता नेपालको बरिताका छटुवा भएका कारण मान मर्दन भएको भन्दै ओलीले तेस्रो अध्यक्षको प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ३२ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित