विज्ञहरुको सुझावका आधारमा लकडाउनको ढाँचा फेर्ने तयारीमा सरकार | Khabarhub Khabarhub

विज्ञहरुको सुझावका आधारमा लकडाउनको ढाँचा फेर्ने तयारीमा सरकार


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित २ जना थिए । लकडाउनको ७० औं दिन अर्थात सोमबार यो संख्या १ हजार ८११ पुगेको छ ।

यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ । यसले लकडाउन मात्रै कोभिड–१९ संक्रमण रोकथामको उपाय होइन भन्ने प्रष्ट्याएको छ ।

यो कुरा विज्ञहरुले बताउँदै आएपनि सरकारले लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।

उद्योगी व्यवसायी लगायतले लकडाउन खुकुलो बनाउँदै व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्न थालेका छन् ।

सबैतिरबाट दवाव पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी थालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अब विशेषज्ञहरुको राय लिएर मोडालिटी बन्ने र त्यसकोआधारमा सरकार अघि बढ्ने बताए ।

मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन् ।

‘लकडाउन अब क्रमश: सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको छ,’ उच्चस्तरीय समन्वय समितिका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, ‘विशेषज्ञहरूको राय लिएर नयाँ मोडालिटी बन्छ र त्यसका आधारमा सरकार अघि बढ्छ ।’

पछिल्लो पटक सरकारले लकडाउनको अवधि लम्ब्याएर जेठ ३२ गतेसम्म पुर्‍याएको छ । लामो समय लकडाउन हुँदा जनजीवन समेत प्रभावित बन्न थालेको छ ।

प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

यो अवधिमा अत्यावश्य खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका मात्र खुल्ने गरेका छन् । मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : १६ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र