चलचित्र विकास बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस « Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको हो ।

गत बिहीबार मन्त्रालयले दरखास्त दिनेमध्ये तीनजनाको नाम मन्त्रिपरिषद् अन्तर्गत सिफारिस गरेको हो । मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेन्द्र थापाको नाम सिफारिस गरेको छ ।

भुवन केसी, दयाराम र राजेन्द्र थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

अब बस्ने मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ । गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ११ : ५९ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा