अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका ८ जना,मंगलसेन नगरपालिका १ र चौरपाटी गाउँपालिकाका १ जनामा संक्रमण भएको पुष्टि भएको हो।

मेल्लेखका २२, २४, २७, २९, ३०, ३५,४० पुरुष र २७ वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । यस्तै, चौरपाटी गाउँपालिकाका-२ का ३२ वर्षीय र मंगलसेन नगरपालिकाका २३ वर्षीय पुरुषमा सुर्खेतमा पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको जोशीले बताए ।

सोमबार चौरपाटी गाउँपालिका-२ का ३३ वर्षीय पुरुषको प्रादेशिक अस्पताल धनगढीमा पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण भेटिएको थियो ।

केही दिनअघि भारतबाट फर्कने क्रममा मेल्लेख गाउँपालिकाका बुवाछोरीलाई धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म जिल्लामा ४ सय ५ जनाको पीसीआरमार्फत कोरोना परीक्षण गरिएको छ ।

जसमा ३ सय २४ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ११ जनाको पोजिटिभ आएको छ । १८ जनाको स्वाब संकलन गरिएकोमा पठाउन बाँकी रहेको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म ५ हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १ : १५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका