कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २६२ पुग्यो « Khabarhub

कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २६२ पुग्यो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले विज्ञप्तिमार्फत थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत, सल्यान र अछामका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ र ३ का क्रमश १७, १७, १८, २१, २३, ३०, ३२ र ५०, १४, २७ र ३३ वर्षका पुरुष छन्।

यस्तै सल्यानको दार्मा गाउँपालिका वडा नम्बर १,२,३ र ४ का क्रमश ३९, ३६, ४८, ३५, ३९, ३८, ४०, ४० र ५० वर्षका पुरुषहरु छन्।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका वडा नम्बर ४ का २२, २४, २७, २९, ३५ र ४० वर्षका पुरुष र २७ र ३० वर्षका दुईजना महिला समेत संक्रमित भएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १ : २३ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको