कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २६२ पुग्यो « Khabarhub

कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २६२ पुग्यो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले विज्ञप्तिमार्फत थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत, सल्यान र अछामका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ र ३ का क्रमश १७, १७, १८, २१, २३, ३०, ३२ र ५०, १४, २७ र ३३ वर्षका पुरुष छन्।

यस्तै सल्यानको दार्मा गाउँपालिका वडा नम्बर १,२,३ र ४ का क्रमश ३९, ३६, ४८, ३५, ३९, ३८, ४०, ४० र ५० वर्षका पुरुषहरु छन्।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका वडा नम्बर ४ का २२, २४, २७, २९, ३५ र ४० वर्षका पुरुष र २७ र ३० वर्षका दुईजना महिला समेत संक्रमित भएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १ : २३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु