कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने | Khabarhub Khabarhub

कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । केन्द्रीय समितिको निर्देशनअनुसार गैरसरकारी विधेयकका रुपमा संविधान संसोधन विधेयक दर्ता गर्न लागेको कांग्रेस सांसद अमरेशकुमार सिंहले बताए ।

संशोधन विधेयक दर्ताका लागि सिंहलगायतका मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरु संघीय संसद् सचिवालयमा पुगेको नेता सिंहले बताए ।

नेता सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेका हौं । केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गर्न लागेका हौं ।’

उनका अनुसार कांग्रेस सांसदहरु प्रदीप गिरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, तेजुलाल चौधरी लगाएतहरु संघीय संसद सचिवालयमा पुगिसकेको छन् ।

कांग्रेसले सरकारले संसदमा पेश गरेको संसोधन विधेयकको समर्थन गर्ने निर्णय गरिसकेको छ । सरकारले पिलुलेक, लिम्पियाधुरा र कालापानीसमेतको भू–भाग समेटेर जारी गरेको नक्सालाई संविधानको अनुसुचीमा राख्न संविधान संसोधन विधेयक संसदमा पेश गरिसकेको छ ।

त्यसबाहेक समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ३ : १६ बजे

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

कञ्चनपुर– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई

माटो बेचेर दशैँ खर्चको जोहो

महोत्तरी– दशैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले

बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – बिहीबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला

बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन

बागलुङ– पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको

दशैँमा घर नजाउँ, मन मान्दैन : यात्रा गर्न जताततै सडकको अवरोध

काठमाडौं – सडकको अवस्था असहज हुँदा दशैँमा घर हिँडेका हजारौँ