मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो « Khabarhub

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड– युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् ।

आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताए ।

पत्रकार सम्मेलनका क्रममा उनले २४ घण्टाका अवधिमा ७१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिए । उनले भने, “संक्रमण नियन्त्रण र रोकथामका क्षेत्रमा निकै सुधार भएको देखिएको छ । सरकारका प्रयासहरु सही दिशातर्फ उन्मूख भएको यसले प्रष्ट बनाएको छ ।”

स्पेनमा मार्च ३ मा पहिलो पटक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको दुई दिनपछि अर्को व्यक्तिको ज्यान गएको थियो । त्यसयता स्पेनमा मृत्यु हुनेको संख्या नाटकीय रुपमा बढेको थियो । अप्रिल २ मा एकै दिन ९५० जनाको मृत्यु भएको थियो ।

देशभर कूल संक्रमित २ लाख ४० हजार व्यक्तिमध्ये २७ हजार १२७ जनाको मृत्यु भएको औपचारिक स्वास्थ्य विवरणमा देखिएको छ ।

शुरुआती दिनहरुमा युरोपेली मुलुक इटालीपछि स्पेन सर्वाधिक प्रभावित थियो । तर भाइरसका कारण फ्रान्स र बेलायतलाई पनि आक्रान्त बनाएको थियो ।

स्पेनमा मध्य मार्चमा सरकारले लकडाउनलाई अति कडा बनाएको थियो । तर अहिले परिस्थितिमा निकै सुधार आएसँगै लकडाउनमा खुकुलो बनाउन थालिएको छ ।

तर स्पेनी सरकारले भाइरस प्रसारको खतरा अझै रहेको बताउँदै लकडाउन कुनै पनि बेला लगाउन सकिने बताएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपतकाल घोषणा गर्न सक्ने अवशिष्ट अधिकार अरु दुई हप्ता बढाउन संसदमा प्रस्ताव लैजाने बताएका थिए । यो अधिकार प्राप्त गरेमा सरकारले मानिसलाई घरभित्र बस्नेगरी आदेश दिन पाउनेछ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ४ : ०५ बजे

नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले

पत्रकार र निजी क्षेत्रमाथि धरपकड नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन, सरकारको कार्यशैली,

कांग्रेस बैठकका निर्णय : संविधान संशोधनका लागि आयोग बनाउन माग

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग

जब किशोर श्रेष्ठलाई पक्रिन दौडिएको प्रहरी दुवै पटक खाली हात फर्कियो

काठमाडौं- आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई

धर्ना बसेका सहकारी-लघुवित्तपीडित भेट्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी-लघुवित्तपीडितलाई भेट्न पुल्चोक