३८ हप्ताकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि « Khabarhub

३८ हप्ताकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  धादिङकी २३ वर्षीया एक गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै थापाथलीको प्रसूती तथा स्त्री रोग अस्पतालमा रहेकी २३ वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

अस्पतालका निर्देशक जागेश्वर गौतमका अनुसार ती महिला गर्भवती हुन् । डा गौतमका अनुसार ती महिला ३८ हप्ताकी गर्भवती हुन् । ज्वरो आउने समस्या देखिएपछि उनलाई गत बुधबार जेठ १४ गते अस्पतालमा भर्ना गरिएको थियो ।

तीनदिन अघिदेखि उनको ज्वरो ठिक भएको थियो । तर, घाँटी दुख्ने समस्या समेत भएको पाइएपछि अस्पतालले डिस्चार्ज गर्नुअघि कोरोना परीक्षणको लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

उनको आज रिपोर्ट पोजेटिभ आएको हो । अस्पतालमा रहेकी ३८ हप्ताकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले उनलाई कोरोना विशेष अस्पतालमा पठाउने तयारी गरेको छ ।

अस्पतालका निर्देशक डा गौतमले खबरहबसँग भने, ‘ज्वरो आएर बुधबार अस्पताल भर्ना हुनुभएको थियो, तीन दिनदेखि ज्वरो पनि ठिक भएको छ, स्वास्थ्य अवस्था सामान्य छ, तर कोरोना पोजेटिभ आएपछि हामीले उहाँलाई कोरोना विशेष अस्पतालमा पठाउन लागेका छौं ।’

डा गौतमका अनुसार ती महिलामा सुत्केरी व्यथा लागेको छैन । सामान्यतया ४० हप्तामा डेरीभरी हुन्छ ।

डा गौतमले ती महिलाको उपचार संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी पहिचान गरी कोरोना परीक्षण गर्ने तयारी भएको जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ५ : २६ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी