लकडाउनको मोडालिटी फेर्ने विषयमा सरोकारवालासँग छलफल | Khabarhub Khabarhub

लकडाउनको मोडालिटी फेर्ने विषयमा सरोकारवालासँग छलफल


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले लकडाउनको ढाँचा फेर्ने विषयमा गृहकार्य थालेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने सन्दर्भमा मंगलबार निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

कोरोना महामारीको समयमा नागरिकलाई सुरक्षित राख्दै उद्योग व्यवासय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा उनीहरुका राय सुझाव मागिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

उनले विभिन्न क्षेत्रबाट प्राप्तसुझावलाई अध्ययन गरी उपयुक्त मोडालिटी तयार पारिने बताए । छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जोखिमको अवस्थालाई मध्यनजर गर्दै उद्योग व्यवसाय पनि संचालन गर्नुपर्नेमा जोड दिएको बताइन् ।

उनले जोखिमको तह र क्षेत्रलाई वर्गिकरण गरी  लकडाउन खुकुलो बनाउदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखेको जानकारी दिइन् ।

त्यसैगरी चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ कोरोनाको जोखिमलाई हेरेर उद्योग व्यवसाय सञ्चालनको वातावरण मिलाउन आग्रह गरेको बताए ।

यातायात व्यवसायी महासंघका महासचिव सिटौलाले उद्योगधन्दा संञ्चालन संगै सार्वजनिक यातायातका साधन पनि संञ्चालन गर्नु अत्यावश्यक भएकाले सामाजिक दुरी कायम गरि सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएको बताए ।

छलफलमा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी, नेपाल निर्यात व्यवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

पछिल्लो पटक सरकारले लकडाउनको अवधि लम्ब्याएर जेठ ३२ गतेसम्म पुर्‍याएको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : २४ बजे

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले