दाङमा एक युवतीले गरिन् फेसबूक लाइभमा आएर आत्महत्या « Khabarhub

दाङमा एक युवतीले गरिन् फेसबूक लाइभमा आएर आत्महत्या


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङकी एक युवतीले फेसबूक लाइभमा आएर झुण्डिएर आत्महत्या गरेकी छिन् । अन्दाजी २३ वर्षीया युवतीले पछ्यौरीले पासो लागाएर आत्महत्या गरेकी हुन् ।

तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले झुण्डिएर आत्महत्या गरेकी हुन् । बुधवार राति फेसबूक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले आत्महत्या गरेको पुष्टि गरे ।

युवतीले किन आत्महत्या गरिन् भन्ने खुलेको छैन । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ८ : ५४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क