बारामा चट्यांङ लागेर चार महिलाको ज्यान गयो « Khabarhub

बारामा चट्यांङ लागेर चार महिलाको ज्यान गयो


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा आज बिहान चट्याङ लागेर चार महिलाको ज्यान गएको छ ।  चट्यांङ लागेर ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी छिन् ।

त्यसैगरी बाराको फेटामा चट्याङ लागेर एकै परिवारका ३० वर्षीया ईन्दु देवी महतो, ४० वर्षीया सुनरपति देवी महतोको घटनास्थलमा नैं ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

चट्याङ बिहान करिब ७ः ४५ बजे खसेको थियो ।

घाइते हुनेमा स्थानीय बचवा देवी, राजपती देवी, श्रीकान्ती देवी, उमा देवी, लिलावती देवी, सपिता देवी र शीला देवी रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : १३ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन