खुमलटार बैठकको निष्कर्ष : पार्टी विभाजन हुन दिनुहुँदैन « Khabarhub

खुमलटार बैठकको निष्कर्ष : पार्टी विभाजन हुन दिनुहुँदैन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद बढ्न थालेपछि शीर्ष नेताहरुले परामर्श र छलफललाई तीव्रता दिएका छन् ।

हिजो बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल गरेपछि बेलुका प्रचण्ड र माधव नेपाल पक्षधरले झम्सिखेलमा परामर्श गरेका छन् ।

त्यस्तै आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका ओली पक्षधर नेतासँग प्रचण्डले झण्डै २ घण्टा छलफल गरेका छन् ।

छलफलका क्रममा पार्टी एकता मजबुद बनाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए ।

पार्टी भित्रको विवाद चाँडै हल गर्ने विषयमा कुराकानी भएको भएको उनले जानकारी दिए ।

उनले भने, ‘पार्टी एकता कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल भयो, यसका लागि थप छलफल गर्न आवश्यक भएको निष्कर्ष निकालिएको छ ।’

छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए ।

प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिबोल गजुरेल र नेपाल समूहका सुरेन्द्र पाण्डे सहभागी थिए ।

पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ११ : १४ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।